सोमबार, फागुन १८, २०८२

जेनजी आन्दोलनको नैतिक जिम्मेवारी लिँदै आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बद्री पाण्डेको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

पार्टीलाई बलियो बनाउन अन्य जिम्मेवारीबाट नेतृत्व गर्ने भन्दै चुनाव नलड्ने बताएका हुन् । उनले उम्मेदवार सिफारिस प्रक्रियामै पनि नबस्ने र चुनाव लड्न अरूलाई अवसर दिने स्पष्ट पारेका छन् २०७९ को चुनावमा बाजुराबाट एमाले नेता कर्ण थापालाई पराजित गरेका पाण्डे केपी ओली नेतृत्वको सरकारमा पर्यटन मन्त्री थिए ।

आफू मन्त्री भएकै बेला देशमा ठूलो घटना भएकाले त्यसप्रति नैतिक जिम्मेवारी लिँदै यसपटक चुनाव नलड्ने निर्णय गरेको उनले बताए ।