सोमबार, माघ ०६, २०८२

चीन-जापान बिवाद सैन्य क्षेत्रमा प्रवेश, अमेरिका मौन

जापान । चीन जापान बिवाद सैन्य क्षेत्रमा प्रवेश गरेको छ । ताइवान विषयमा बढ्दै गएको विवादलाई लिएर चीन जापान बिवाद सैन्य क्षेत्रमा प्रवेश गरेको हो।
जापानले ओकिनावा टापु नजिकै चिनियाँ लडाकु जेटहरूले आफ्नो सैन्य विमानमाथि दुईवटा ‘खतरनाक’ घटनामा फायर-कन्ट्रोल राडार तेर्साएको आरोप लगाएको छ । जापानी रक्षामन्त्री शिन्जिरो कोइजुमीले शनिवारको उक्त कदमलाई खेदजनक रहेको बताएका थियो।
चिनियाँ सेनाले जापानी ‘सेल्फ डिफेन्स फोर्स’को विमानमा राडर सोझ्याएको भनेर प्रचार गरेको घटनालाई चीनको रक्षा मन्त्रालयले कडा असन्तुष्टि जनाएको छ।
चीनले यस घटनालाई जापानको गलत जनमत सिर्जना गर्ने प्रयास भन्दै आलोचना गरेको छ। रक्षा मन्त्रालयले आईतबार राति जारी गरेको विज्ञप्तिमा विमानवाहक पोत ‘लियाओनिङ’ले मियाको स्ट्रेटको पूर्वमा गरेको अभ्यास अन्तर्राष्ट्रिय कानुन सम्मत रहेको दाबी गरेको छ।
चीनले उल्टै जापानमाथि द्वेषपूर्ण निगरानी गरेको र चीनले तोकेको अभ्यास क्षेत्रमा बारम्बार विमान पठाएर अवरोध सिर्जना गरेको आरोप लगाएको छ। यद्यपि, चिनियाँ पक्षले राडर सोझ्याएको भन्ने विषयलाई भने अस्वीकार गरेको छैन।
यस घटनाले पूर्वी एसियाली क्षेत्रमा चीन जापान दुई देशबीचको सैन्य तनाव र सुरक्षालाई अन्तराष्ट्रीय समुदायले गंभीरताको रूपमा हेरिएको छ ।
जापानकी प्रधानमन्त्री सानाए ताकाईचीको पछिल्लो अभिव्यक्तिप्रति अमेरिकाले नरम हुन आग्रह गरी मौन रहदा जापान रक्षात्मक बनेको छ ।