काठमाडौँ । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेले मुलुकका ७५३ वटै पालिकामा जनप्रदर्शन गरेको छ ।
मंगलबार एमालेले पालिकाहरुमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा पालिकाहरुमा प्रदर्शन गरेको हो । पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ मंगलबार बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार यही कात्तिक २२ गते देशका छ हजार ७४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन् । यही कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको उनले जानकारी दिए ।

