आइतबार, कार्तिक १०, २०८२

‘प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ ’:आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नागरिक अधिकारको सम्मान गर्न र संयमित रहन सबै पक्षलाई आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गरी आयोगले पुनः आयोजना गर्ने भनिएको प्रदर्शनबाट शान्ति सुरक्षा र मानवअधिकारको उपभोगमा उत्पन्न हुन सक्ने अवरोधप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विगतका केही अभ्यासहरू हेर्दा प्रदर्शनहरू ध्वंसात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यसप्रकारका हिंसात्मक गतिविधि नहोऊन् भन्नेतर्फ सचेत रहँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ ।’

आयोगले प्रदर्शनमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हुनेमा आयोगले जोड दिएको छ । प्रदर्शन शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित भएको आयोगले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया