सोमबार, कार्तिक २५, २०८२

जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने राजु सातौं पटक पक्राउ

ललितपुर । जेनजी आन्दोलनका बेला सुरक्षाकर्मीको हतियार खोसेर सिंहदरबारको गेटमा पोजिसन लिने सम्राट भनिने राजु परियार पक्राउ परेका छन्।
ललितपुरका ३६ वर्षीय राजुले आन्दोलनका क्रममा प्रहरीले चलाउने एसएलआर खोसेर देशको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबारको मूल गेटमा पोजिसन लिएका थिए।
राजुले कालो ट्राउजर, कालो टोपी र कालै माक्स लगाएर सिंहदरबारको गेटमा ताकिरहेका युवक हुन् ।