दाङ । नेकपा एमाले दाङले आज घोराहीमा प्रदर्शन गरेको छ । जेनजी आन्दोलन पछि खलबलिएको शान्ति पुनर्निर्माण जागरणका लागि प्रदर्शन गरिएको सचिव श्याम डाँगीले बताए ।
सचिव डाँगीका अनुसार प्रदर्शन एमालेका २३ वटा जनवर्गीय संगठनले गरेका हुन् । ट्राफिक चोकबाट सुरू भएको प्रदर्शन घोराही बजारका विभिन्न स्थान परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै जनवर्गीय समन्वय संयन्त्रका इन्चार्ज मनोहर बुढाथोकीले एमालेको शक्तिलाई कमजोर नठान्न चेतावनी दिँदै एमालेप्रति प्रतिशोध नसाँध्न सरकारलाई आग्रह गरे ।
राष्ट्रिय युवा संघ दाङका अध्यक्ष विवेक योगीले जेनजीका मागप्रति युवा संघ सकरात्मक भएको भन्दै जेनजीका नाममा हुने अराजकता स्वीकार्य नहुने बताए ।