सोमबार, माघ ०६, २०८२

महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी दिन अदालत गर्यो अस्वीकार

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीबारे अदालतले थप प्रमाण खोजेको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार आदेश जारी गर्दै थप प्रमाण पेश गर्न भनेको हो ।

शोभा पाठकले साइबर ब्यूरोमा निवेदन दर्ता गरेकी थिइन् । उक्त निवेदनमा प्रहरीले अदालतसमक्ष पक्राउ पुर्जीका लागि मंगलबार पेश गरेको थियो ।

बस्नेतविरुद्ध थप प्रमाण पेश गर्न आदेश जारी भएको अदालत स्रोतले बताएको छ ।

महेश बस्नेत