बिहिबार, बैशाख ०३, २०८३

देशभर अविरल वर्षा, बाढीपहिरो र डुबानबाट सजग रहन राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारदेखि देशभर अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन सबैसँग अपिल गरेका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले विपद्‌मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सर्वसाधारणलाई आग्रह गरेका हुन् ।

राष्ट्रपति पौडेलले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल पनि गरेका छन् ।

विज्ञप्तिमा भनिएक छ, ‘ देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको खतराबाट सजग रहँदै यो विपद्‌मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न म सम्पूर्ण दाजुभाइतथा दिदीबहिनीहरूलाई आग्रह गर्दछु।‘