काठमाडौँ । जेनजी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसको बैठक बसेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घुसपैठ भएको निष्कर्ष निकालेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनमा घुसेका तत्त्वहरूले नै अर्बौँ मूल्य बराबरको निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी गरेको जनाएको हो।
कांग्रेसले जेनजी आन्दोलनका क्रममा घुसपैठ भएको छ। घुसपैठ गर्नेहरूले खर्बौँको सार्वजनिक र निजी सम्पत्ति जलाएका छन्।’ बैठकले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गर्ने घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्ने निर्णय गरेको छ।
आन्दोलनका क्रममा नेपाली कांग्रेसका अधिकांश कार्यालय र शीर्ष नेताहरूका घरमा समेत आगजनी भएको थियो। बैठकले यस्ता घटनाको निन्दा गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।

