शुक्रबार, फागुन २९, २०८२

प्रधानमन्त्री कार्कीको पदभार: मृत्युलाई शहीद घोषणा, १० लाख राहत

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आईतबार सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।
त्यसअघि लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । पदभार ग्रहण गरेकी प्रधानमन्त्री कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।

उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।