काठमाडौं । भाटभटेनी सुपर स्टोरका देशभरका शाखामध्ये धेरैमा ठूलो क्षति पुगेको छ। केही शाखा भवनसहित पूर्ण रूपमा नष्ट भएका छन् भने कतिपयमा तोडफोड र सामान लुटपाट भएको छ।
भवनसहित पूर्ण रूपमा नष्ट १२ स्टोरमा टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार गोदाम, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका शाखा भवनसहित पूर्ण रूपमा ध्वस्त भएका छन्।
तोडफोड र लुटपाट भएका शाखामा कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी र इटहरीका स्टोरमा भवनमा क्षति पुर्याइएकै साथै सामान लुटपाट भएको बताइएको छ।
सुरक्षित रहेका शाखामा टोखा, सातदोबटो, अनामनगर, सनागाउँ, त्रिपुरेश्वर-यूडब्ल्यूटीसी, पाटन र नेपालगञ्ज शाखा छन् । यीनमा भने कुनै तोडफोड वा क्षति नभएको भाटभटेनी स्रोतले जनाएको छ।
भाटभटेनी व्यवस्थापनले क्षतिको विस्तृत विवरण संकलन भइरहेको र आवश्यक सुरक्षाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।
क्षतिको कुल वित्तीय मूल्यांकन भने अझै सार्वजनिक गरिएको छैन।
जेनजी नाममा स्वार्थ समुहले भाटभटेनी सहित नेपाली ठुला व्यापारी स्टोरहरूमा आगजनी सहित तोडफोड र लुटपाट भएसी दशैंको मुखमा हजारौको रोजीरोटी जागिर गुमेको छ ।