शुक्रबार, कार्तिक २२, २०८२

हार्डफोर्ड एजुकेशनले मनायो २० औं वार्षिकोत्सव, विशेष छुटको घोषणा

काठमाडौं । वैदेशिक शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था ‘हार्डफोर्ड एजुकेशन’ले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव भव्यतापूर्वक मनाएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय परामर्श दिंदै आएको हार्डफोर्ड एजुकेशनले २०औं स्थापना दिवस मनाउन सफल भएको जनाएको छ ।
यो २० वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै हार्डफोर्ड एजुकेशनका संस्थापक एवं प्रबन्ध निर्देशक महेश श्रेष्ठले वार्षिकोत्सवको अवसरमा यहाँसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक, कलेज/विश्वविद्यालय र सरोकारवाला सबैलाई धन्यवाद दिएका छन् ।
उनले यस अवधिमा विद्यार्थी तथा अभिभावकको विश्वास र माया नै सबैभन्दा ठूलो उपलब्धि भएको भन्दै संस्थाप्रतिको विश्वास र मायालाई टुट्न नदिइ अझै बढी गुणस्तरीय, प्रविधि र विद्यार्थी मैत्री सेवा दिने बताए ।
श्रेष्ठले संस्थाप्रति विश्वास र माया गर्ने सबैलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझै बढी उत्कृष्ट र विद्यार्थी मैत्री सेवा दिने प्रतिवद्धतासमेत जनाएका छन् । वार्षिकोत्सवकै अवसर पारेर एक महिने ‘Multi Destination Admission Month’को पनि घोषण गरिएको छ । यो अभियान यही अगस्ट १५ देखी सेटेम्बर १५ तारिखसम्म रहने श्रेष्ठले जानकारी दिए ।
बानेश्वरमा मुख्य कार्यालय रहेको हार्डफोर्डले जापान अध्ययन लगायत अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, यूके लगायतका मुलुकमा जान चाहने विद्यार्थीहरुलाई परामर्श सेवा प्रवाह गरिरहेका छ ।