शनिबार, बैशाख ०५, २०८३

युक्रेनको सुरक्षा सुनिश्चित गर्न हामी तयार छौँ : रुसी राष्ट्रपति पुटिन

अलास्का । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकमा युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक भएको बताएका छन्।

पुटिनले भने, “म ट्रम्पसँग पूर्णतया सहमत छु। युक्रेनको सुरक्षा सुनिश्चित गर्न हामी तयार छौँ।” ट्रम्पसँगको झन्डै तीन घण्टाको वार्ता पछि आयोजित पत्रकार सम्मेलनमा छोटो प्रतिक्रिया दिँदै पुटिनले यस्तो बताएका हुन् ।

उनले थपे, “म आशा गर्छु कि हामीले सँगै गरेको सम्झौता यस लक्ष्यतर्फ नजिक पुग्न सहयोग गर्नेछ र युक्रेनमा शान्ति स्थापना गर्न मार्ग तयार गर्नेछ।”
साथै रुसी राष्ट्रपति पुटिनले ट्रम्पसँगको अर्को भेट मस्कोमा गर्न प्रस्ताव गरेका छन्।

पुटिनले यो प्रस्ताव अङ्ग्रेजीमा राखेका थिए, जसमा ट्रम्पले मिश्रित प्रतिक्रिया दिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “यो प्रस्ताव विवादास्पद हुन सक्छ, तर पूर्ण रूपमा अस्वीकार भने गर्न सक्दिनँ। यो सम्भव हुन सक्छ।