आइतबार, कार्तिक १०, २०८२

बौद्धनाथ क्षेत्र विकास समितिद्वार गुरु पद्मसम्भवकाे जन्माेत्सव विविध कार्यक्रम गरि मनाईने

काठमाडौं  । श्री बौद्धनाथ क्षेत्र विकास समितिले गुरु पद्मसम्भव (गुरु रिन्पोछे) को जन्म दिवस ‘छेच्यु’ तथा बौद्ध धर्मका धर्मपाल महाकालको जात्रा भव्य रुपमा मनाउने भएको छ।

नेपाल सरकारको पहलमा पहिलोपटक आयोजना हुन गइरहेको ऐतिहासिक गुरु पद्मसंभव (गुरु रिन्पोछे) जन्मोत्सव आगामी साउन १९ गते सोमवार विशेष पुजापाठ, शोभायात्रा तथा बौद्धनाथ परिसरमा गुरु छेङ्गे छ्याम हुने शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी समितिले जानकारी दिएकाे हाे । गुरु रिन्पोछेको जन्म दिवसको अवसरमा  बिहान ९ बजेबाट महाकाल, तीनचुली र घ्योइलिसाङ पोखरी(गुरु रिन्पाेछे पार्क)मा विशेष पूजाअर्चना गरिने जनाएको छ ।

यस्तै, दिउँसो ३ बजे तीनचुलीबाट गुरु रिन्पोछेको प्रतिमासहित शोभायात्रा निकालिने छ। शोभायात्राले बौद्ध महाचैत्यको परिक्रमा गरेपछि गुरु रिन्पोछेको आठ लीला झल्काउने परम्परागत धार्मिक नृत्य ‘गुरु छेड्गे छ्याम’ समेत प्रस्तुत गरिनेछ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको विशेष उपस्थिति रहने समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभयाे ।

गुरु पद्मसंभव जन्मोत्सव श्रावण १९ गते सोमबार

• बिहान ९ बजे: महाँकालस्थित गुरु रिन्पोछे प्रतिमा स्थल – आचार्य                        थुप्तेनको अगुवाइमा पूजापाठ

                     – तिनचुलीस्थित गुरु प्रतिमा स्थल-खेन्पो सर्वजीत                            गोङबाको नेतृत्वमा पूजा

                      –बौद्ध घ्योइलिसाङ पोखरी (गुरु पार्क)- सेछेन                              गुम्बाका लामाज्यूहरूबाट पूजा

• दिउँसो २:३० बजे: गुरुको प्रतिमा सहित शोभायात्रा तिनचुलीबाट                           शुरु, बौद्ध महाचैत्य परिक्रमा

• दिउँसो ४ बजे: गुरु छेङगे छ्याम / नृत्य – बौद्ध महाचैत्य परिसरमा

• साँझ: बौद्ध परिसरमा दीपावली कार्यक्रम

गुरु रिम्पोछे, जसलाई पद्मसम्भव र तिब्बतीमा पेमा झ्युङने पनि भनिन्छ । तान्त्रिक बौद्ध धर्मको प्रसार र विकासमा अतुलनीय योगदान पुर्याउनुहुने महान् गुरु उहाँलाई ‘दोस्रो बुद्ध’को रूपमा पनि लिइन्छ । पद्मसंभव बौद्धाचार्य अथवा गुरु रिम्पोछे तिब्बती भाषामा ‘लोब पोन’ (आचार्य) या ‘पद्म जुड’ले (कमलबाट उत्पन्न भएको) पनि भन्ने गरिन्छ । जो एक पौराणिक भारतीय बौद्ध रहस्यवादी हुनुहुन्थ्यो, जसले तिब्बतमा तान्त्रिक बौद्ध दर्शनको सुरुवात गर्नुभयाे ।

तिब्बती समुदायमा यो दिनलाई ‘टे दवाई छेपा च्यु’ को रूपमा उत्सवका साथ मनाइन्छ । गुरु रिम्पोछे केवल एक धार्मिक गुरु मात्र हुनुहुन्न, उहाँले बौद्ध धर्मलाई नयाँ उचाइमा पुर्याएर हिमालय क्षेत्रको सांस्कृतिक र आध्यात्मिक पहिचानलाई समृद्ध बनाउनु भयो । उहाँको जन्म जयन्तीले हामीलाई उहाँको करुणा, ज्ञान र समर्पणको सन्देशलाई स्मरण गर्ने अवसर प्रदान गर्छ ।

यसै क्रममा, समितिले महाकाल जात्राको परम्परागत थालनी साउन २७ गतेबाट हुने समेत बताएको छ। जात्रामा दुइहाते महाकालको प्रतिमा खटमा राखी रामहिटी, तीनचुली, बौद्ध परिसर,  टुसाल, चुच्चेपाटी हुँदै पुनः महाकाल स्थानमा पुर्‍याइनेछ।

महाकालको पूजा बौद्ध धर्मावलम्बी लामा, बज्राचार्य र हिन्दू परम्पराका ब्राह्मण गुरुहरूद्वारा संयुक्त रूपमा गरिनेछ। जात्राको मुख्य समारोह बिहान ११ बजेबाट सुरु हुनेछ जसमा शार्दूल जंग गुल्म (गुरुजु पल्टन) ले हर्ष बढाइ कार्यक्रम प्रस्तुत गरिनेछ