जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा लामो समयदेखि महिलाको सशक्त प्रतिनिधित्व गर्दै आइरहेकी अंजु भण्डारी आउँदो कार्यकाल २०२५–२०२७ का लागि महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
उनले सन् २०१९ देखि हालसम्म एनआरएनए जापानको महिला विभागमा तीन कार्यकालसम्म निरन्तर भूमिका निर्वाह गर्दै आएकी छन् ।
• महिला विभाग सदस्य (२०१९–२०२१)
• महिला विभाग सदस्य (२०२१–२०२३)
• महिला संयोजक (२०२३–२०२५)
• हाल सह–कोषाध्यक्षको जिम्मेवारीमा कार्यरत
पारदर्शिता र सहभागितामूलक नेतृत्वमा विश्वास
भण्डारीले विगतका जिम्मेवारीहरू निर्वाह गर्दा निष्ठा, पारदर्शिता र सहभागितामूलक नेतृत्वलाई सधैं प्राथमिकता दिएकी बताउँदै, एनआरएनए जापानलाई “तपाईं–हामी सबैको अपनत्वयुक्त, सहभागितामूलक र भरोसायोग्य संस्था बनाउने” प्रतिबद्धता व्यक्त गरेकी छन् । भण्डारीले विदेशको भूमिमा रहेका नेपाली महिलाहरूले सामना गरिरहेकै चुनौतीहरूलाई गम्भीरतापूर्वक आत्मसात गर्दै, महिला लक्षित सहजीकरण तथा सशक्तीकरण कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने अठोट व्यक्त गर्नुभएको छ।
“काम गर्ने व्यक्तिको मूल्यांकन गर्ने चेतना र विश्वास जापानवासी नेपालीहरूमा छ भन्ने पूर्ण भरोसा छ,” भन्दै अण्जुले सबै दाजुभाइ दिदीबहिनीहरूलाई मत, समर्थन र सद्भाव सहित खुलेर सहयोग गर्न हार्दिक अपिल गरेकी छन्।

