शुक्रबार, फागुन ०१, २०८२

आन्दोलनका नाममा हिंसा भड्काउने जोसुकैलाई कारबाही हुन्छ: सञ्चारमन्त्री गुरूङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा हिंसा भड्काउने जोसुकैलाई कारबाही हुने बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको १२औँ वार्षिक साधारणसभाको पोखरामा उद्घाटन गर्दै सरकारले अराजक, अनुशासनहीन गतिविधि हेरेर नबस्ने र व्यवस्थाविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने बताए ।

अहिलेको व्यवस्थाको विकल्प नरहेको र व्यवस्थाविरुद्धमा हुने गतिविधिलाई कुनै पनि हालतमा छुट दिन नसकिने भन्दै मन्त्री गुरुङले चित्त नबुझे अहिलेको व्यवस्थाअनुसार हरेक पाँच वर्षमा हुने चुनावबाट आफ्नो मुद्दा स्थापित गर्न सुझाव दिए । यस्ता गतिविधिमा सङ्लग्नलाई छानबिन गरेर कारबाही हुन्छ, मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिसकेका छौँ, उनले भने– राजतन्त्र आफ्नै कारणले सक्किएको हो ।

आफ्नो परिवार र संस्था बचाउन नसक्नेले फेरि देश र तीन करोड नेपालीलाई कसरी बचाउन सक्छ रु संविधानको खिलापमा कुनै गतिविधि मा नगरौँ।” व्यवस्था परिवर्तन भए पनि सोअनुसार कानुन परिवर्तन नहुँदा जनताको अपेक्षित काम गर्न समस्या भएको भन्दै सरकारका प्रवक्ता गुरुङले यही अवस्थालाई दृष्टिगत गर्दै सरकारले आवश्यक कानुनहरूको निर्माणमा जोड दिएको बताए । उनले सरकारका कामलाई प्रभावकारी बनाउन विद्यमान विभिन्न १२ वटा ऐन संशोधन गर्ने तयारी भइरहेको समेत जानकारी दिए ।