मङ्गलबार, चैत ११, २०८१

टोकियोमा नेवा: अन्तर्राष्ट्रिय फोरम जापानद्वारा बेल विवाह’ईही’ र केयता पूजा आयोजना गर्दै

टोकियो । जापानको राजधानी टोकियोमा नेवाःहरूकको सक्रिय संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले आगामी मार्च १ तारिख (शनिवार) सामूहिक बेल विवाह (ईही) र ब्रतबन्ध आयोजना गर्ने भएको छ। नेपालबाट नेवा: गुरूलाई जापान आमन्त्रण गरी यो पवित्र संस्कार सम्पन्न गराउन लागिएको हो।

संस्थाले यसअघि तीन पटक सामूहिक बेल विवाह (ईही) तथा एक पटक सामूहिक ब्रतबन्ध (केयता पूजा) आयोजना गरिसकेको छ।

संस्थाको उद्देश्य र भूमिकाः-
संस्थाका नवनिर्वाचित अध्यक्ष रूपेश डंगोलका अनुसार, जापानमा नेवा: समुदायको बसोबास बढ्दै गएकाले नेवा: कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्ने तथा नयाँ पुस्तालाई चिनाउने र सिकाउने उद्देश्यले सन् २००३ मा यो संस्था स्थापना गरिएको हो।
कार्यक्रमहरूमा गैर-नेवा: तथा जापानी समुदायको पनि उल्लेख्य सहभागिता रहने गरेको छ। हामीले वार्षिक रूपमा म्ह: पूजा, बुद्ध जयन्ति, क्वाटी पुन्ही जस्ता प्रमुख पर्वहरू आयोजना गर्दै आएका छौं। साथै, टोकियोमा आयोजना हुने नेपाल फेस्टिवलमा नेवारी नृत्य, झाँकी, लाखे नाचसमेत प्रस्तुत गर्दै आएका छौं,” अध्यक्ष डंगोलले बताउनुभयो।

बेल विवाह (ईही) र ब्रतबन्ध (केयता पूजा)को महत्त्व :-
नेवारी परम्पराअनुसार छोरीहरूको पहिलो विवाह बेल सँग गरिन्छ, त्यसैले यसलाई बेल विवाह (ईही) भनिन्छ। यस वर्ष चौथो पटक सामूहिक बेल विवाह गरिने भएको छ।
त्यस्तै, विवाहभन्दा अगाडि छोराहरूको ब्रतबन्ध (केयता पूजा) गर्ने चलन रहेको छ, जसलाई दोस्रो पटक आयोजना गर्न लागिएको संस्थाका महासचिव शिव तण्डुकारले जानकारी दिनुभयो।

नाम दर्ता र सम्पर्क विवरणः-
जापानमा रहनुभएका नेवा: समुदायका अभिभावकहरू, जसले आफ्ना छोराछोरीको ब्रतबन्ध वा बेल विवाह गराउन चाहनुहुन्छ, उनीहरूले संस्थाका पदाधिकारीहरूलाई सम्पर्क गरी नाम टिपाउनु पर्नेछ।

पुजाका लागि आवश्यक सामग्री :-आयोजक संस्थाले तयार गरिदिनेछ र यो सबै नेपालबाट मगाउनु पर्ने भएकाले नाम टिपाउने अन्तिम मिति फेब्रुअरी २४ तोकिएको छ। पूजा समापन पछी नेवारी भोजको पनि व्यवस्था गरिनेछ ।

थप जानकारीका लागि सम्पर्क:
मोबाइल नम्बर:- ०८०-६५५५-६६६७ / ०८०-३२५९-६००२ / ०७०-१२११-१५०२ / ०८०-४३२३-३२०१