टोकियो । पुर्ण ट्रेडिङ कम्पनी जापानले नेपालमा उत्पादित खाद्य तथा नेपाली वियरलाई जापानमा लन्च गरेको छ । टोकियोमा सोमबार एक औपचारिक कार्यक्रम गरि नेपाली उत्पादनलाई जापानी बजारमा वितरण गर्न जापानका लागी नेपाली राजदुतको डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा राजदूत लगाएत अतिथिहरुको बहुलिबाट आज टोकियोमा नेपाली उत्पादन चाउचाउ नेपाली बियर, जुस, निम्की, अचार, कफी, चिया, दालमोट लगायत दर्जनौ नेपाली उत्पादित समानको जापानको बजारमा पठाउन लंच गरिएको हो ।
जापानको बजार ब्यबस्थापन र आपूर्तिमा बिशेष घ्यान दिदै जापानी बजारमा नेपाली मौलिक उत्पादनले स्थान पाओस पुर्ण ट्रेडिङ एण्ड नेपाली फुड्सले नेपाली खाना ,उत्पादनहरु र बियरको स्वादलाइ जापानी बजारमा पनि ब्रान्ड लन्च गरिएको कार्यक्रममा नेपाल फूडस् का सिईंओ विकास नेपालले जानकारी दिनुभयो । जापानको कामतामा लामो समयअघि बाट नेपाली उत्पादनलाई हलाल तथा रेष्टुराहरुमा होलसेल तथा खुद्रामाम वितरण गरिएको समानहरुलाई थप गरि नेपाली वियर र नेपाल फुडसलाई लंचिंग गरिएको पुर्ण ट्रेडिङ कम्पनीका सिओई टिका श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपालका लागि जापानका राजदूत डाक्टर दुर्गाबहादुर सुवेदीले नेपाली उत्पादनलाई जापानको बजारमा निर्यात गर्न सके नेपाल र नेपालीको टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नवीन नीउरे, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष वीजेश थकाली, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवल चन्द्र लामा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी लगाएत जापानका नेपाली समुदायका सफल व्यवसायीहरुको उल्लेख्य सहभागिता थियो ।
जापानमा रहेका नेपाली समुदायका अग्रज ब्यक्तिहरुले पुर्ण ट्रेडिङले नेपाली उत्पादनहरु र बियरलाई विश्व बजारमा चिनाउने एउटा महत्वपूर्ण पाइलाको रूपमा लिइएको र राम्रो बजारीकरणका लागि शुभकामना दिएका छन ।