शुक्रबार, कार्तिक २३, २०८१

नागरिक आवाजद्वारा थापाथलीस्थीत सुकुम्बासी बस्तीका बाढी पिडित परिवारलाई खाद्यान्न,कपडा र ह्विलचियर सहयोग

काठमाडौं । नागारिक आवाजले थापाथलीस्थीत सुकुम्बासी बस्तीका बाढी पिडित परिवारलाई खाद्यान्न,आवश्यक कपडाका साथै ह्विलचेयर वितरण गरेकाे छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर- ११ थापाथलीस्थित सुकुम्बासी बस्तीका १ सय ४२ घर परिवारलाई संस्थाले खाद्यान्न   र आवश्यक कपडा वितरण गरेकाे हाे । यसैगरी, उक्त बाढीले  लक्ष्मी यादवको ह्विलचेयर बगाएको कारण हिड्नमा समस्या देखेपछि वहाँलाई संस्थाले ह्विलचेयर समेत प्रदान गरेकाे नागरिक आवाजकी अध्यक्ष रिता रानम मगरले जानकारी दिईन् ।

यसरी यहाँका नागरिककाे पीडा बुझि खाद्यान्न, आवश्यक कपडा साथै अती महत्त्वपूर्ण रहेकाे ह्वीलचियर समेत प्रदान गर्नुभएकोमा संस्थालाई र विशेष गरि उपस्थित हुनुभए सम्पूर्णलाई उत्पिडित सुकुम्बासी समितिका अध्यक्ष मीन कुमार राना मगरले धन्यवाद व्यक्त गर्नु भयाे ।

वर्षाका कारण काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा खोलाछेउका बस्ती डुबानमा परेको थियाे ।

बाढी घरभित्र पसेका कारण थापाथली सुकुम्बासी बस्तीका सयौँ परिवार घर छोडेर हिड्नुपरेको थियाे । थापाथली, शंखमूललगायत स्थानका सुकुम्बासी बस्तीहरुमा रहेका अधिकांश घरटहरा बाढीले बगाउँदा सुकुम्बासीहरुको उठिबास नै भएको छ । बाढीलेाढीले सुकुम्वासी बस्ती पुरै बगाए पनि मानवीय क्षति भने हुन पाएन । समयमै यहाँ बस्नेहरुलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन नपाएको हाे ।

यहाँका बासिन्दाको खाद्यान्न, लत्ता कपडा लगाएत हरेक सरसामान बगाउँदा बचेका केही सामान पनि लेदोमा पुरिएकाे देखिन्थ्यो । यस बस्तीमा रहेका बालबालिकाको पुस्तकहरु समेत बगाउँदा उनीहरुको भविष्य पनि अन्यौल जस्तै बनेको छ ।