काठमाडौं । मधेश प्रदेशको नीति तथा याेजना आयाेगकी सदस्य एवं सामाजिक व्यक्तित्व डा.शिला मिश्रले आफ्नो जन्मदिनको अवसरमा जनकपुरधामस्थित एक वृद्धा आश्रममा भाेजन अर्पण गर्नुभएको छ ।
शान्तिकाे सन्देश दिनकाे लागि भगवान् बुद्धको दर्शन गरि जन्मदिनकाे सुरूवात गर्नुभएकी डा. मिश्रले आफ्नो जन्मदिनमा जनकपुरधामस्थित श्री जानकी वृद्धाआश्रममा उपस्थिति भई त्यहाँ आश्रीत आमाहरूलाई भाेजन अर्पण गर्नुएकाे हाे । उक्त कार्यका लागि सहजिकरण पत्रकार राजेश यादवले गर्नुभएको थियाे । यस्तै, डा. मिश्रले यौनजन्य महिला हिंसा तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको काठमाडौं लैनचौरस्थित रक्षा नेपालमा आश्रीत बालबालिकाहरूका लागि आवश्यक खाद्य सामाग्री समेत सहयोग गर्नुभएको छ ।
डा. मिश्रकाे यस प्रकारकाे कार्यले मधेश प्रदेशको विकास र समृद्धिमा उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको छ । साथै , यस कार्यले वहाँकाे सामाजिक योगदानलाई उच्च स्थान दिलाएको छ ।
बाेलाेचाैक विकास समिति नामक सामाजिक संस्थाकाे जन्मदिनमा फजुल खर्च नगराै भन्ने अभियानप्रती ऐक्यबद्धता जनाउँदै डा. मिश्रले सामाजिक काममा निरन्तरता दिनुभएको हाे । सामाजिक सेवामा समर्पित व्यक्तित्व डा.मिश्रले यसअघि पनि वृद्धवृद्धाहरूका लागि विभिन्न कार्यक्रमहरू गर्दै आउनुभएकाे थियाे । पक्कै पनि उहाँको यस्था खाले कार्यले समाजलाई सेवा गर्ने प्रेरणा दिएको छ । त्यति मात्रै नभएर मधेश प्रदेशको नीति तथा योजना आयोगमा समेत डा. मिश्रको योगदानले प्रदेशको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।