सोमबार, असोज २१, २०८१

“दोस्रो जहरसिंपौवा खुल्ला नकआउट फुटबल प्रतियोगिता” हुँदै, प्रथम पुरस्कार २ लाख २२ हजार २२२

काठमाडौं । जहरसिंपौवा युवा क्लबकाे आयाेजनामा “दोस्रो जहरसिंपौवा खुल्ला नकआउट फुटबल प्रतियोगिता –२०८१” हुने भएको  छ । शंखरापुर -३ जहरसिं पौवा फुटबल ग्राउन्डमा हुने प्रतियाेगिता आगामी असाेज १२ गते देखि २३ गते सम्म सञ्चालन हुनेछ ।

हिन्दूहरूको महान चाड बडा दशैं,तिहार,नेपाल सम्वत् तथा छठपर्व –२०८१ को उपलक्ष्यमा गत बर्ष झै यस वर्ष पनि फुटबल प्रतियोगिता गर्न लागिएको हाे । प्रतियाेगितामा प्रथम हुनेले दुइ लाख २२ हजर दुई सय २२, द्वितिय हुनेले एक लाख ११ हजार एक सय ११ र तृतीय हुनेले ५५ हजार पाँच सय ५५ रूपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्

भाद्र २३ गते आईतबार टिम दर्ताको लागि आव्हान भइसकेकाले ईच्छुक टिमले देशको कुनै पनि कुनाबाट सहभागी हुन सक्ने आयाेजकले जनाएको छ । दर्ताका लागि शुल्क भने १० हजार लाग्नेछ ।