आगामी सेप्टेम्वर २२ तारिक आईतबार चिवा माचुदो शहरको सेन्ट्रल पार्कमा आयोजना हुने नेपाल फेष्टिवल २०२४को तयारी अन्तिम चरणमा पुगेको बताईएको छ।
जापानी समुदायमा नेपालको कला संस्कृति तथा पर्यटन प्रवद्वन गर्ने उदेश्यले आयोजना गर्न लागिएको एक दिने फेष्टिवलमा नेपाली तथा जापानीहरूकाे विविध कार्यक्रम आयोजना हुने बताईएको छ। शुक्रबार चिवाको फुनावासीमा पत्रकार सम्मेलन गरेर फेष्टिवल आयाेजक समितिले हालसम्मको तयारी तथा मुख्य आकर्षण बारे जानकरी दिएको हो।
फेष्टिवल मुल आयोजक समितिका संयोजक राजनबावु सुवेदीका अनुसार नेपाली तथा जापानी मौलिक खाना सहितका आठवटा स्टल रहने छन भने व्यवसायीक तथा नेपाली पर्यटन प्रवद्वन गर्ने थप १५ वटा स्टल रहने छन।
फेष्टिवल माचुदो शहरका मेयर तथा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीबाट संयुक्तरूपमा उदघाटन गरिने छ। फेष्टिवलमा माचुदो शहरका विशिष्ठ पदाधीकारीहरू सहित स्थानिय ख्यातिप्राप्त जापानी कलाकारहरूले प्रस्तुति दिने छन भने नेपाली मौलिक जातिय नृत्य सहित पन्चेबाजा लगायतका नेपाल झल्कने प्रस्तुति हुनेछ तयारी गरिएको संयोजक सुवेदीले जानकारी दिए।
यस्तै नेपाली मण्डला, लुम्बिनी, हिमाल पहाडको सेल्फी स्थल सहित नेपाली मौलिक बाजा सारंगीसंगै फोटो खिच्न पाईने स्थानकाे तयारी समेत गरिएकाे सुवेदीले जानकारी दिए।
टोकियो महानगरसंग सिमाना जोडिएको माचुदो शहर चिवा, ईवाराकी तथा साईतामा राज्यसंग पनि यातायातको सहज सुविधा रहेको सो अवसरमा जानकारी दिईयो। जसका कारण फेष्टिवलमा नेपाली तथा जापानीहरूकाे उल्लेख्य सहभागिता हुने अपेक्षा आयाेजकले गरेकाे छ।
माचुदो शहरको समेत संयुक्त सहकार्य रहेकाले जापानी समुदायको समेत उल्लेख्य सहभागिता रहने मुल आयोजक समितिका सदस्य तथा माचुदो शहर अन्तराष्ट्रिय सास्कृतिक समिति सल्लाहकार रामकृष्ण बम मल्लले जानकारी दिनुभयो। पहिलो पटक जापानीहरूसंगको सहकार्यमा आयोजना हुने फेष्टिवलमा फोहोर व्यवस्थापन, सुरक्षा तथा नेपाली सभ्यता मुख्य चुनौती रहेकाले हामीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
करिव पचास लाख खर्च अनुमान गरिएको फेष्टिवलमा हाल जापान भरिबाट आर्थीक सहयोग जुटि रहेको संयोजक सुवेदीले जानकारी दिनुभयो। यस्तै फेष्टिवललाई सफल पार्न स्वयमसेवक सहित जापानवासी नेपालीहरूमा रचनात्मक सहयोगको अपील गरिएको छ। कार्यक्रममा फेष्टिवल मुल समिति मातहतका उपसमिति पदाधीकारीहरूले आआफनो तयारी बारेमा जानकारी गराएका थिए।