काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा आफूलाई दिएको वचनमा विश्वासघात गरेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभामार्फत विश्वासको मत लिनेक्रममा उनले धोकाको आरोप कांग्रेसले लगाउन नमिल्ने बताए । उनले भने,‘मलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका दलहरुले लगाउन मिल्छ, नेपाली कांग्रेसले मिल्दैन ।’
सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका नेताहरुले अराजनीतिक व्याख्या गरेकोप्रति आक्रोश व्यक्त गर्दै प्रचण्डले आफूमाथि निजी आक्षेप र आक्रमण भएको बताए ।

