शनिबार, बैशाख १९, २०८३

नमस्ते व्याण्डको १७ औं संस्करणको ‘महाशिवरात्री विश्व संगीत महोत्सव’ काठमाडौँ र पोखरामा हुँदै

काठमाडौँ । महाशिवरात्री पर्वको अवसर पारेर ‘महाशिवरात्री विश्व संगीत महोत्सव २०८०’ आयोजना हुने भएको छ ।
चर्चित नमस्ते व्याण्ड {नेपाल-जापान} को ३५ औँ वार्षिकोत्सवको समेत अवसरमा आयोजना हुने कार्यक्रममा नमस्ते व्याण्डका अलावा नेपाल तथा विदेशका चर्चित व्याण्ड तथा कलाकारको प्रस्तुती रहने छ ।
काठमाडौँको फरेनहाइट क्लब ठमेलमा फागनु २५ गते शुक्रबार र पोखराको बाराहीघाट मैदान लेकसाइडमा फागुन २६ गते शनिबार महोत्सव आयोजना हुने व्याण्डका संयोजक इश्वर गुरुङले पोखरामा पत्रकार सम्मेलन कार्यक्रम मार्फत जानकारी दिएका छन् ।

कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको आयोजकको भनाई छ ।

नमस्ते व्याण्डले महाशिवरात्री पर्वको अवसरमा आयोजना गर्ने विश्व संगीत महोत्सवको यो १७ औं संस्करण हो ।