शनिबार, बैशाख १५, २०८१

मिस तामाङ २०२४ की विजेता बनिन् रिया लामा स्याङतान

काठमाडौं । मिस तामाङ १६ औँ संस्करणको विजेता रिया लामा स्याङतान बनेकी छन् । शनिवार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा १४ प्रतिस्पर्धीलाई उछिन्दै उनी विजेता बनेकी हुन् । उनलाई मिस तामाङ २०२३ की विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिएकी थिइन् ।

प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा भएकी छन ।
यस्तै फस्ट रनरअफ तामाङले मल्टिमिडिया टाइटल पनि जितेकी छन् ।

मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको मिस तामाङ २०२४ मा २४ जनाले भाग लिएका थिए ।

तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभूषा, रीतिरिवाज तथा रहनसहनलाई तामाङ युवामाझ पुर्‍याउने उद्देश्यले मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदिप बमजन‚ पूर्व मिस तामाङ सुमी मोक्तान, सांसद तारा तामाङ‚ सञ्चारकर्मी गंगा घिसिङ लगायत रहेका थिए ।

प्रतियोगितामा विजेताले नगद १ लाख, फस्ट रनर अफले ५० हजार, सेकेन्ड रनर अफले ३० हजार रुपैयाँको पुरस्कार सहित क्राउन र गिफ्ट ह्याम्पर पाएका छन् ।