शुक्रबार, असोज ०५, २०८०

नागारिक आवाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न,२० जनाले रक्तदान गरे

काठमाडौं । नागारिक आवाजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० को कार्यालय परिसरमा भएको उक्त रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन्।

नगर प्रमुख मिठाराम अधिकारिले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धन्यवाद दिए । कार्यक्रमको आयोजना गर्ने नागारिक आवाजप्रति पनि उनले विशेष आभार प्रकट गरे । रक्तदान महादान भएकोले रक्तदान गर्नका लागि प्रोत्साहित गर्नुपर्ने नगर प्रमुख अधिकारि बताउँछन् ।

विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’ को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको नागारिक आवाज संस्थाकी अध्यक्ष रिता राना मगरले जानकारी बताईन् । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको उनी बताउँछिन् । आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई अध्यक्ष रानामगरले धन्यवाद दिईन्। साथै, अस्वस्थताका कारण वडा अध्यक्ष उपस्थिति हुन नसकेपनि सहयोगका लागि वडा अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गरिन् ।

विभिन्न काराणवस हाल देखिएको रगतको आवश्यकतालाई केही हदसम्म सहजता ल्याउने उद्देश्यले रत्तmदान कार्यक्रम गरिएको थियो । उक्त संस्थाले यसअघि पनि विभिन्न सामाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा रक्तदान गर्नेहरुलाई नागारिक आवाज संस्थाकी अध्यक्ष राना मगरले प्रमाणपत्र वितरण गरेकी थिईन भने कार्यक्रम संचालन अनिल चौधरीले गरेका थिए । कार्यक्रममा प्रहरी प्रभाग कपनका प्रहरीहरु, स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवी, संस्थाका सल्लाहकार, सदस्यलगायतको उपस्थित रहेको थियो ।