बुधबार, असोज ०२, २०८१

भुम्लुमा निःशुल्क स्वास्थ्य शिविर, ४८७ जनाले लिए सुविधा

काभ्रे । काभ्रे पलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा संचालन भएको तथा सिंगापुर रेडक्रस र प्रारम्भ सामाजिक संस्थाको सहयोग रहेको शिविरमा चार सय ८७ जनाले स्वास्थ्य सेवा लिएका थिए ।

असार २६ र २७ गते दुई दिनसम्म सञ्चालन भएको बृहत निःशुल्क स्वास्थ्य शिविरबाट धेरै स्थानीय विरामीहरुले सेवा लिएको भन्दै उपाध्यक्ष जितेन्द्रमान तामाङले खुशी व्यक्त गरेका छन् । समापन कार्यक्रममा शिविरमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्पूर्ण विशेषज्ञ चिकित्सकहरुको समूहलाई उपाध्यक्ष तामाङले धन्यवाद सहित प्रशंसा पत्र वितरण गरेका थिए ।

शिविरमा हाडजोर्नी, मुटु, स्त्रीरोग, योग तथा प्राकृतिक चिकित्सा लगायतको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी निशुल्क वितरण गरिएको थियो ।

साथै, २ दिने निःशुल्क स्वाथ्य सेवा सम्पन गर्न सहयोग गर्ने गाउँपालिकाका जनप्रतिनिधीहरु,स्वास्थकर्मी, प्रहरी, गाउँपालिकाका कर्मचारी,पत्रकार, शिक्षक, स्थानिय महानुभावहरु सबैमा उपाध्यक्ष तामाङले धन्यवाद व्यक्त गरे ।