बुधबार, बैशाख १९, २०८१

खानिखोलाकी ठुली मायालाई आर्थिक सहयोग,उपचारका लागि सहयोगको अपेक्षा

काभ्रे । काभ्रे जिल्लाको खानिखोला गाउँपालिका वडा न. ४ की ठुली मायाँ जिम्बालाई खानिखोला तीन सौरेका जिम्बा परिवारले आर्थिक सहयोग गरेका छन ।

युवा नेता तथा समाजसेवी नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा खानिखोला गाउँ कमिटी अध्यक्ष खडक बहादुर जिम्बा अविरल र खानिखोला वडा न . ३ का समाजसेवी तथा सफल व्यवसायी वडाध्यक्ष सागर जिम्बाले विगत छ महिना देखि बिरामी भएर अस्पतारमा उपचाररत ठुली मायाँ जिम्बालाई ३० हजार रुपैया आर्थिक सहयोग गरेका हुन ।

विगत छ महिना देखि अस्पतालको बेडमा अक्सिजनको भरमा मात्र बाँची रहेकी ठुली मायाँ जिम्बाको आर्थिक अवस्था कमजोर भएकोले जिम्बा परिवारले आर्थिक संकलन गरि बिरामीको उपचारको लागि पिडितकी श्रीमान ज्ञान बहादुर जिम्बालाई रकम हस्तान्तरण गरेका छन् । उपचारमा ८/१० लाख रुपैयाँ सकिँदा पनि बिरामीको स्वास्थ्यमा सुधार नआएकाले अहिले उपचारमा आर्थिक अवस्था कमजोर भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकोले पिडितकी श्रीमान ज्ञान बहादुरले देश तथा विदेशमा रहनुहुने सम्पुर्ण सहयोगको अपेक्षा गरेका छन् ।

आर्थिक सहयोग गर्न चाहाने महानुभावका लागि

एसबीआई बैंकको खाता नम्बर ४३११५२४२९००१५३,

मोबाईल नम्बर, ज्ञान बहादुर जिम्बाः ९८४१९९७४९५