मङ्गलबार, चैत १४, २०७९

वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ शिविर

काठमाडौं। साथ सहयोग समर्थन सासस नेपालले आफ्नो वार्षिक उत्सव एक बाल आश्रममा निशुल्क स्वास्थ्य शिविर संचालन गरी सम्पन्न गरेको छ ।

शनिबार गोकर्णेश्वर नगरपालिका वडा न. ०८ मा अवस्थित बालबालिका, महिला तथा शिक्षा सहयोगी फाउन्डेसन ,स्वेफ नेपाल बाल आश्रमको परिसरमा सासस नेपालले आफ्नो वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो । “सयौं पाइला एउटै चाल, दुःखको साथी साथ सहयोग समर्थन नेपाल” भन्ने मुलभुत उद्देश्य र अभिभाराका साथ लामो समय देखि लोक कल्याणकारी सामाजिक कामहरुमा सक्रिय हुँदै आइरहेको सा.स.स नेपालको पहलमा अनाथ असाहय बालबालिकालाई चाहिने औषधि र खाद्यान्नको व्यवस्थापन संस्थाका पदाधिकारिहरुको पहलमा वितरण गरिएको थियो।

बिहान ९ बजे देखि दिउँसो १२ बजे सम्म संचालन गरिएको शिविमा जनरल फिजिसियन डा.पलक शाहको नेतृत्वको मेडिकल टिमले करिब ३० जना बालबालिकाहरुको जनरल मेडिकल हेल्थ र डेण्टल चेकअप गरी जटिल मेडिकल समस्याहरुलाई थप उपचारको लागि अस्पताल रिफर गरिएको थियो । मेडिकल टिममा डा.शाह सङ्गै जनरल फिजिसियन डाक्टरहरु सृजना कटवाल, एलिसा अधिकारी र डेन्डल फिजिसियन डाक्टरहरु शाक्षि शर्मा तिवारी, आयुश कोइराला साथै नर्स कोमल गुप्ता लगाएतले आफ्नो अमुल्य समय दिई शिविरलाई सप्पन्न गर्न योगदान दिएकाले कार्यक्रम संयोजक द्धय संस्थाकी अध्यक्ष रक्षा घिमिरे र कोषाध्यक्ष पुजा रानाले मेडिकल टिमलाई विशेष धन्यवादका व्यक्त गरेका छन् । साथै कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पुर्णलाई कृतज्ञता र प्रशंसा पत्र पनि वितरण गरिएको थियो ।

२०७२ सालमा स्थापना भएको उक्त बाल आश्रमकी संस्थापक अध्यक्ष यसोदा कट्वाल र व्वस्थापक तथा संचालक सम्रान्त थापाले आश्रमले स्थापना काल देखि नै सयौं अनाथ बालबालिकाहरुको उद्दार, रेखदेख र शिक्षा दिक्षाको लागि अहोरात्र खटिरहेको कुरालाई अवगत गराउँदै सहयोगी मनहरुको लागि बाल आश्रमको ढोका सदैब खुल्ला रहने बताए ।

यसमा तपाईको प्रतिक्रिया

%d bloggers like this: