बुधबार, माघ १८, २०७९

एमाले अध्यक्ष ओलीद्वारा नागढुंगा सुरुङमार्गको अवलोकन(फोटोफिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नागढुङ्गा–सिस्नेखोला काठमाडौं सुरुङमार्गको अवलोकन गरेका छन् ।

अध्यक्ष ओलीले आइतबार नागढुङ्गामा धादिङतर्फबाट खनिएको सुरुङको अवलोकन गरी कामको प्रगतिका बारेमा जानकारी लिएका हुन् । यो सुरुङमार्ग प्रधानमन्त्रीका रुपमा अध्यक्ष ओलीले शिलान्यास गरेका थिए ।

करिव तीन किलोमिटर लम्बाई रहेको यो सुरुङमार्ग जापान सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको छ । हालसम्म धादिङतर्फबाट साढे आठसय मिटर सुरुङ खनिएको वताइएको छ ।

              

%d bloggers like this: