शनिबार, बैशाख ०५, २०८३

काभ्रेको महाभारतबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

काभ्रे । घर्तीछाप स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा ल्याउने क्रममा सुत्केरी भई सालनाल नछुटिई अत्यधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

आज बिहान शिशु जन्माएकी महाभारत गाउँपालिका– ८ घर्तीछापकी १९ वर्षीया प्रजा के.सि.को उद्धार गरिएको हो । के.सि.लाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न ठाउँमा लैजान समस्या भएपछि काठमाडौँबाट हेलिकप्टर मगाएर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।

उद्धार गरेर थप उपचारका लागि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंमा पठाइएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा(संसार)ले जानकारी दिए ।