बुधबार, माघ १८, २०७९

शिक्षा र सूचनामा सवैको पहुँच बराबर हुनैपर्छ : मीरा राजभण्डारी

नेपाली पत्रकारिताको इतिहासले शताब्दि लामो फड्को पार गरिसकेको छ । राजनैतिक पृष्ठभुमीमा नेपाल समावेशी लोकतन्त्र भए अनुरुप पत्रकारिता क्षेत्रले पनि समावेशी लोकतन्त्रको भावना र गरीमाको मर्यादा अनुरुप नेपालका सवै वर्ग र समुदायको आवाजलाई समाज र राज्य समयन्त्र सम्म पु¥याउन संवाहकका रुपमा कार्य गनु विधि सम्मत हुने छ । तर अन्य क्षेत्रले समावेशी गरिमालाई हदै सम्म आत्मसात गरी सकेतापनि पत्रकारिता क्षेत्रले भने खासै समेटन नसकेको गुनासो छ । विगतका पत्रकारितामा जे जस्ता कमी कमजोरी रहे पनि मानव अधिकारका रूपमा रहेको सूचनाको हकमार्फत पारदर्शिता र विधिको शासन, सामाजिक रूपान्तरणसहितको नयाँ नेपाल निर्माणार्थ आवश्यक लोकतन्त्र बहालीका लागि नेपाली पत्रकारिताको योगदानलाई कम मानेमा यसप्रति अन्याय हुनेछ । पत्रकारिता, पत्रकारिता भित्र पनि अनुसन्धान, पुस्तक लेखन, र विशेष आदिवासी जनजाति पत्रकार, महिला पत्रकारका अवस्था बारे अध्ययन गर्दै आफनो शैक्षिक यात्रालाई पनि निरन्तरता दिई रहनु भएका नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौका जिल्ला शाखाका पुर्व अध्यक्ष मीरा राजभण्डारी अमात्य संग मातृ सन्देश डट कमका लागि शान्तकुमार पहरीले नेपालमा समावेशी पत्रकारितालाई विगत देखि कार्यान्वयन गर्दै आएका आदिवासी जनजाति पत्रकारिताले गर्दै आएका भुमिका बारे गरेको कुराकानी :-

-तपाईं लामेदेखि नेपाली पत्रकारिता क्षेत्रमा सम्लग्न हुँदै आउनु भएको नाताले नेपाली पत्रकारिताको जगतलाई कसरी मूल्यांकन गर्नु भएको छ ?

पत्रकारितामा दश महिने तालिम पश्चात लेख्न थालेको हुं । समाचार पत्रमा शायद तीन महिना जति काम गरें । म प्रतिक्षा सुचीमा थिएं । तर घरमा पैसाको खांचो परेको अवस्था र नानीहरु पनि सानै भएको कारण सरकारी जागिर मेरो लागि सहज बन्यो र उतै काम गरें । तर लेख्ने काम त अलिअलि थियो नै । विशेष प्रेस रिलिजहरु र सो संस्था संग सरोकार राख्ने समाचार म लेखि दिन्थे । शायद मेरो भित्री चाहना र रमाउने बानी पत्रकारिता संगै भएर होला कि सरकारी जागिर छुटेको भोली पल्ट बाटै जनप्रशासन क्याम्पसको आफनो पढाइलाई निरन्तरता दिन कक्षा जान थालें । आफु काम गरेकै संस्थाबाट ममाथि अन्याए भएपछि सो संस्थालाई मुद्धा हाल्ने र जनआस्थामा आफना कथा लेख्ने दुबै काम एकै पटक गरें । किशोर श्रेष्ठ दाईलाई पहिलो पल्ट मैले मेरो स्टोरी प्रकाशित पछि भेटेकि हुं । र किशोर दाइकै प्रेरणामा मैले जनआस्थाबाट लेखन शुुरु गरें २०६५ साल असार तिरबाट । त्यहांबाट लेखन अध्ययन र रिसर्चका कामले निरन्तरता लिई रहेको छ । हो तलबी पत्रकार चाँही बनेको छैन । शायद मैले चासो नगरेर नै होला जस्ता लाग्छ । निरन्तर लागेको १५ वर्ष भयो बीचको फाटफुटे लेखनको हिसाब गरे भने त २४ लाग्छ । पत्रकारिताको खास मुल्यांकन गर्दा विगतको र अहिलेको पत्रकारितामा धेरै फरकपन देख्छु । पहिले पत्रकारको इज्जत थियो अहिलेको तुलनामा अहिले यो बजार खस्केको छ । अहिले पत्रकार कत्ति हो कत्ति अनि पत्रकारिताको माध्ययम पनि धेरै भए । तर संख्या बढे अनुसार सामाजिक न्यायमा पत्रकारिताले गर्ने उल्लेखनिय कार्यमा आम नागरीकको पहुंच सर्वसुलभ हुनु पर्ने थियो तर नागरीक भन्दा नेतामुखि पत्रकारिता बढी भएको कारण आम नागरीकका सवाल हरु भन्दा दलिय राजनीतिकै मात्रै पहुंच पत्रकारिता क्षेत्रमा पनि हावी भएको देखिन्छ । अझ भन्नु पर्दा त पत्रकार आफनै हीतमा पनि त केही गर्न सकि रेहका छैनन् । समावेशी लोकतन्त्र छ अहिले भनिन्छ तर केही मन देखि गरिने पत्रकारिताका खासखास माध्ययमहरुले बाहेक समावेशी, आदिवासी जनजाति दलित र मधेशका मुद्धामा सांच्च्किै नागरिक पत्रकारिता हुन सकेको छैन ।

संविधान र ऐन कानूनले समावेशी राज्यको परिकल्पनालाई साकार गरे पनि व्यवहारमा पनि पत्रकारिता क्षेत्रमा त्यो प्रयोग भई सकेको छैन, तपाईं एक महिला त्यसमा पनि आदिवासी जनजाति समुदाय अन्तर्गत नेवार समुदाय हुनका नाताले नेपाली पत्रकारितालाई कसरी नियाल्नु भएको छ?
-हो । पत्रकारिता भित्रै पनि महिला पत्रकारको संख्या अत्यन्त थोरै छ अझै पनि । विगतका तुलनामा महिला पत्रकारको संख्या त पक्कै बढेको छ तर कसलाई पत्रकार भन्ने भन्ने प्रश्नलाई खोतल्न थाल्यो भने गुणस्रताको मापन गर्नु पर्ने हुन्छ । हाम्रो देशमा टयाक्कै जापानको जस्तो खराब समाचार समाचार होइन लुकाउ या दबाउ भन्ने निति अनुसार त चलेको छैन र चल्दैन पनि होला कहिल्यै । तर पत्रकारिता गरी रहंदा न्युनतम आचार संहिता पालना बारे जानकार त हुनै पर्छ । यो कमजोरी त मिडिया हाउस हरुको हो नि । उनीरुहरुले छनोट गर्दा पत्रकारिताको अभ्यास मात्र होइन पत्रकारिताको आधारभुत ज्ञान र तालिम प्राप्त संचार कर्मीको छनोट गर्नु पर्ने होइन र रु थप आदिवासी जनजाति महिला पत्रकारको अवस्था अन्यको भन्दा कम छ तर गुणस्तरको हिसावमा अलि राम्रो देख्छु । नेवा पत्रकार महिलाहरु लेखनमा भन्दा फोटो पत्रकार रेडियोकर्मी बढी छन् । भाषिक पत्रकारितामा बढी केन्द्रित छन् । खस भाषामा त सभ्यताकै हिसावले बोली र लवजमा त फरकपन पहिचान नै भई हाल्यो तर भाषिक पत्रकारिताको हिसावमा त उच्चकोटीको भन्न मन पराउंछु । हो अव्श्य पनि नेवा महिला पत्रकारहरुले महिला र समाजका मुद्धा त मज्जाले उठाई रहेकै छन् साथमा मातृभाषाको विकास र जर्गेना पनि गरी रहेका छन् । सवभन्दा ठुलो कुरा त खस नेपाली नबुझने महिला ९पुरुष पनि ०हरुलाई शुसुचित गराउन, मनोरञ्नको माध्ययमबाट सिकाइ वा शिक्षा दिने काम नेवा महिला पत्रकारहरुले गरी रहनु भएको छ । त्यस्तै अन्य आदिवासी जनजाति महिला पत्रकार हरुले पनि आफना सभ्यताका महिलाहरुलाई त्यसरी नै योगदान दिई रहेका छन् । म त धेरै साथीहरुलाई भन्ने गर्छु आफनो भाषामा पनि लेख्ने गर्नुस, कार्यक्रम गर्नुस किनकि काठमाडौ मात्र हेरेर सव जान्ने छन् भन्न मिल्दैन दुर दराजका महिलाहरु खस नेपाली भाषा नजानेकै कारण पनि शिक्षित र सुसुचित हुने अधिकारबाट बंचित छन् होइन र?

खासमा मातृभाषा पत्रकारिता किन चाहिन्छ?
-हजूर, नेपाल विविध भाषा र संस्कृति रहेको देश हो । अझै पनि दूर दराजका नेपाली हरुले खस नेपाली भाषा बेल्न र लेख्न जान्दैनन् । कूरा बूझने हो वा भाषा? त्योकिटानी नभई विकासका हरेक अवयवहरुले प्राथमिकता लिन र विकासका मूख्य एजेण्डाहरुले कार्यान्वयनको तहमा आउृन सक्दैनन् । हाम्रो देशमा पैला भाषा अनि बल्ल शिक्षा को नीत अघि सारे, अझै पनि काडमाण्डौमै पनि खस नेपाली राम्रो पढ्न लेख्न बोल्न र बुझन नसक्ने जमात पनि छन् भने दुरदरजाका नागरीकलाई अझै गा¥हो हुन्छ नि । मैले प्राय तालीम दिंदा खस नेपाली भााषा मातृ भाषा नहुनेहरुमा त्यो समस्या देखेको छु । शिक्षा र सूचनामा सवैको पहुँच बराबर हुनै पर्छ र त्यो प्राप्त शिक्षा र सुचना बुझने माध्ययम भनेको उनीहरुका आफनै मातृ भाषा बाट हो, जसले समान विकासको अवसरलाई सहजिकरण गर्छ ।

नेपाली पत्रकारितामा विशषतः नारी सम्लग्नताको अवस्था कस्तो छ?

-मैले भने नि महिला पत्रकारको संख्या ३३ प्रतिशत छैन त्यो नेतृत्व तहमा होस वा आम पत्रकारिताको क्षेत्रमा होस । यो सिाव मैले मिडिया हाउसहरुमा महिला पत्रकारको उपस्थितिको आम संस्कार मा केन्द्ति भएर उल्ल्ेख गर्दै छु । त्यसका विविध कारणहरु खोतल्ने हो भने न्युनतम पारिश्रमिक कै कुरा पनि छ । खेतमा काम गरे दिनको यति ज्याला पाइन्छ तैंले पत्रकारिता गरेर कति कमाइस भनेर प्रश्न गर्ने समाज अझै जिउंदै छ । पत्रकारिता नबुझेका समाज भएसी महिलाले डर र त्रासमा रहेरै पनि पत्रकारिता गरी रहेका छन् । यो तथ्य तब र्छलंग बाहिर आयो जव प्रेस काउन्सीलले मलाई एउटा रिसर्च गर्न दिएको थियो पत्रकारितामा महिलाको अवस्था र चुनौति र अवसर बारे । महिला पत्रकारको अवस्था कस्तो छ भन्ने र्छलंग अनुभुति तब मात्र भयो । सो कार्यपत्र तयार गरी रहंदा महिला पत्रकारले घर, कार्यस्थल, रिपोर्टिगका क्रममा र स्टोरीकै कारण अशुरक्षा, असहयोग र यौन हिंसा को शिकार हुनु परेका अनुभुति बांडे । अझ द्धन्दकालमा वरिष्ठ महिला पत्रकारहरु समेत स्वदेश तथा विदेशमा समेत विस्थापित हुनु परेका थिए ।

तपाईं नेपाली पत्रकारिता जगतमा सम्लग्न हुँदा–हुँदै आदिवासी जनजाति पत्रकार महासंघ९फोनिज०मा पनि रहेर काम गर्ने क्रममा के–कस्ता अवसर र चुनौतिको सामना गर्नु भयो रु

हजुर फोनजिको प्रसंगमा भन्नु पर्दा आज मीरा राजभण्डारी अमात्य भनेर पत्रकारिता जगतमा मेरो पहिचान बन्नुमा फोनिजकै योगदान थियो भनिन भने फोनिज प्रति मैले अन्याय गरेको ठर्हछ । म भखैरै सरकारी जागिरबाट अलग्गिएर एक पत्रकारिता संग आवद्ध संस्थामा स्वययंसेविका रुपमा काम गर्दै थिएं । म दिनभर अफिस, कलेज, घरको काम नानीहरु लाई सहजीकरण गर्ने काममा निकै व्यस्त रहन्थें । तर जागिर छुटेपछि दिन कटाउन गाह्रो भई रहेको थियो । महिनामा टक्क तलब प्राप्त हुने, काममा व्यस्तता आदिको कारण व्यस्त रहने मलाई बिहान बेलुकाको भातभान्सा र नानीहरुको सहजीकरणमा मात्र सिमित भएर बस्ने मन भएन । एक महिला पत्रकार साथी संग काम मागे । त्यही संस्थाको विल्डींगमा फोनिजको अफिस थियो । हाम्रो संस्था र सो संस्थाले कार्यक्रम र मिटिंगको लागि प्रयोग गर्ने एउटै हल थियो । एक कोठामा सिमित मैले काम गर्ने संस्थामा काम गरी रंहंदा फोजिनका कार्यक्रमहरुमा पनि उपस्थित हुने अवसर प्राप्त हुन्थ्यो । मलाई आदिवासी जनजातिका पनि फरक मुद्धा छन् र ती मुद्धा उठान गर्न र आदिवासी जनजातिका सवाल मुद्धाहरुलाई किनारा लगाउन आदिवासी जनजाति पत्रकारहरुको योगदानले खास महत्व राख्छ र ती मुद्धालाई किनारा लगाउन सर्व प्रथम आदिवासी जनजाति पत्रकारहरु संगठित हुनु पर्ने रैछ भन्ने ज्ञान प्राप्त भयो । खिम घले दाई केन्द्रको अध्यक्ष हुनु हुन्थ्यो । म फोनिजमा आवद्ध हुने अवसर पनि रमाइलो छ । एकपटक हाम्रो संस्थाले डाक्टर मीरा हाडालाई महिला पत्रकारको पाठेघर लगायत निसुल्क जचाउने कार्यक्रम आयोजना गर्ने भयो । तर हल लगायत हाम्रो कोठा पनि अत्यन्त फोहर थियो । मलाई कोठाहरु पेन्ट गराउन भनेको थियो । म जनप्रशासन विषयमा मास्र्तसको दोश्रो वर्षको परीक्षाको तयारीमा थिएं । परीक्षाको भोली पल्ट नै मीरा हाडा आउनु हुने कार्यत्ररम थियो । परीक्षा पर्सिपल्ट थियो । के गरम नगरम भयो । तर मैलै कोठाहरु पेण्ट गराई दिएं । साथमा करीडोर पनि गराई दिएं । अलिकता रंग बांकीमा थपेर करीडोर पेण्ट गर्दा संस्थाको गेट देखि उज्यालो देखियो । पर्सी परीक्षा थियो म कामदारलाई निर्देशन गर्दै परीक्षाको लागि पनि पढ्रदै्र थिएं । फोनिजका अग्रजहरु ऋाउने जाने गरी रहंदा के पढेको भनेर सोध्नु हुन्थ्यो । जे होस मेरो काम गराई देखि फोनिजका अग्रजहरु प्रभावित हुनु हुन्थ्यो । खिम घले सरबाटै फोजिन काठमाडौमा सचिवका लागि प्रस्ताव गर्नु भएको थियो । सचिवबाट अध्यक्ष हुंदै पत्रकार महासंघको केन्द्रिय सदस्य सम्म हुने अवसर फोनिजले जुटाई दिएको हो । अवसरका बारे कति थिए थिए । खास त पत्रकारिता अनि त्यसमा पनि नेतृत्व तहमा रहेर काम गर्दाको रमाईलोपन र आफनो पनको आभाश अत्यन्त सुखद रह्यो । खास गरी आदिवासी जनजातिका पहिचान, इतिहास संस्कृति धर्म र आफु के हुं भन्ने वारे अवगत भइयो र आदिवासी जनजातिका हित र विकास उत्थानका कार्यमा खासखास काम गर्न पाउनु नै सवै भन्दा उपलब्धिका कुरा हुन भन्ने लाग्छ । फोनिजका हरेक अग्रज, कार्यसमितका सहकर्मीहरु, र नेपाल भरीका आदिवासी जनजाति लगायतका पत्रकारसंग नेटवर्कमा रहेर काम गर्न पाउनु ठुलो उपलब्धि हो । थप रिर्सचका काम, किताब प्रकाशन गर्ने काम श्रोत व्यक्तिका रुपमा समेत मैलै थुप्रैथुप्रै अवसर पाएं । तर हरेक संस्थामा काम गर्दा लिएर भन्दा नि दिएर जाने मेरो सिद्धान्त भएकै कारण आफुलाई प्राप्त पुरस्कारका रकम पनि फोनिजलाई दिने संस्कार पनि मैले फोनिज बाटै सिकेको हुँ ।

नेपाली पत्रकारिता जगतमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिजको औचित्य बारे केही बताइ दिनु हुन्छ कि?
-खासमा पत्रकारिता नागरीकका लागि हो । नागरीक भित्र पनि आदिवासी जनजाति नागरीकका खास फरक मुद्धाहरु छन् । जुन नेता मुखि पत्रकारिताले समेटदैन । आदिवासी जनजातिका सवाललाई खास बुझने र बुझेर उठान गरी दिने र किनारा लगाई दिन आदिवासी जनजाति पत्रकारको खांचो रहन्छ )। सभ्यता (म समुदाय भन्दा सभ्यता भन्न मनपराउंछु) आदिवासी जनजाति संग सरोकार राख्ने नागरीक भएर मात्र हुंदैन आफनो सभ्यताका खासखास मुद्धा केके हुन, राज्य सरकार सम्म ती मुद्धाहरु पु¥याउन र किनारा लगाउन आदिवासी जनजातिका अधिकार भन्दा पनि मानव अधिकार मार्फत आदिवासी जनजातिको विकास संमृद्धि र पहिचानलाई निरन्तरता दिलाउन अत्यन्त आवश्यक छ भन्ने ज्ञान फोनिजमा आवद्ध भएपछि खास प्राप्त हुन्छ । त्यसैले समावेशीका मुद्धा अघि सारेर लोकतन्त्र गणतन्त्र प्राप्त गरेका नेतृत्वहरुले नै समावेशीताको मर्मलाई नजर अन्दाज गरेका कारण पनि फोनिज जस्तो संस्थाको आवश्यकता रहन्छ ।

नेपाली पत्रकारिता क्षेत्रमा रहेर मात्र आदिवासी जनजाति पत्रकारहरुको हक, हित र अधिकारको कुरा उठाउन सकिन्न र ?
-अवश्य सकिन्छ । उठाइ रहेका पनि छन् फाटट फुट । तर समग्रमा त्यतिले पुग्दैन । ३७ प्रतिशत आदिवासी जनजाति रहेको देशमा आदिवासी जनजातिका मानव अधिकार सुनिश्चित गर्न, उनीहरुको विकास र उत्थान गर्न, उनीहरुका सभ्यता, भाषा, संस्कृति मुल्यमान्यता, संम्पदा, जल जमीन, जंगल र सो संग गाँसिएका संस्कार जन्य तथ्यगत विषय वस्तुको जर्गेना, विकास र पुस्तान्तरण सम्म हस्तान्तरण गर्न गराउन र राज्य सम्म यसको महत्व बुझाउन पचास शव्दका समाचार अडियो भिजुयल मात्र प्रशारण गरेर पुग्दैन । मेरो पत्रकारिता, मेरो आवाज, मेरा लागि मैले भन्ने भावना त उसैले मात्र व्यक्त गर्न सक्छ जो सांच्चिक्कै पिडत छन् ।

अहिले विश्वव्यापिकरणको युग हो । नेपालीहरु क्रमस पलायन भएका छन् वैदेशिक रोजगारीमा, पढ्न आदि इत्यादि, अहिले पनि आदिवासी जनजाति भनेर पत्रकारितामा समेत छुट्टै कित्तामा विभाजित हुनु पर्छ र ?
-होइन, कित्ता विभाजितको कुरा होइन र विदेशमा पनि आदिवासी जनजातिका आफ्नै खाले समस्या हुन्छन् । देशको गरीमा र आफनो पहिचानलाई निरन्तरता दिन हरेका वर्ग समुदायले आफनै मौलिकता प्रस्तुत गर्न आवश्यक हुन्छ । देशको समस्या, आर्कषन र पहिचान मार्फत देशको गिौरव गाथा बारे अवगत गराउन आदिवासी जनजातिहरुको निकै ठुलो योगदान छ । पहरी सभ्यता, शेर्पा सभ्यता नेवा सभ्यता बारे खास मौकि जीवन दर्शन र देश प्रति उनीहरुको खास भौगोलिक सांस्कृतिक योगदान, क्ष्तिहास धर्म आदि इत्यादि बारे विश्व सामु पहिचान दिलाउन यी सभ्यताले मौलिक रुपमा प्रस्तुत हुन सक्षम हुन्छन् ।

प्रसंग बदलौ, तपाईं स्वयं आदिवासी जनजाति सम्प्रदाय भित्रको सदस्य हुनको नाताले भाषा, धर्म, संस्कृति, संस्कार, लिपि, रहनसहन,भेषवूषाको संरक्षण र सम्बर्द्धन बारे केही बताइ दिनु हुनुहुन्छ कि?
-हाम्रो देश विविध भाषा, धर्म, संस्कृति, रहनसहन र फरक पहिरन जन्य विविधताको सम्मेल भएको देश हो । पक्कै पनि भुगोलका आधारमा हाम्रो पहिरण फरक छ । सभ्यताका आधारमा फरक भाषाहरु र धर्म, संस्कृति खानपानमा फरकपन छन् । हामी नेपालीहरु अत्यन्त भाग्यमानी छौं । हाम्रो विविधता भित्र पनि एकता छ । विशेष आदिवासी जनजातिहरु नेपालका खासखास भुगोलका भुमी पुत्रहरु हुन् । फरक संस्कृति , फरक संपदा र फरक जीवन यापन हाम्रा विशेषता हुन् । तर फेरी पनि हाम्रो एउटा असाध्यै रमाइलो र महान पक्ष वा विशेषता भनेको हामी प्रत्येक सभ्यताहरुले एक अर्काको अश्तित्वलाई सहज स्विकार गर्ने गर्छौ । तपाइंले हेर्नुस न, काठमाडौमा के पाइंदैन रु किराँत धर्म संस्कृति देखि नेवाका आफनै मौलिक धमर्, संस्कृति, सम्पदा रहनसहन छन् । हिन्दु, क्रिश्चियन लगायतलाई सर्हष स्विकार गरेको छ । सवैका पर्वमा सके सम्म संलग्न हुन्छन, आआफनै हिसावले । टुंडिखेल ९तींख्य० अचेल सवको साझा रोदी घर जस्तै बनेको छ । सवले आफनो पहिचान दृेखाउने प्लेट फर्म बनेको छ । उन्मक्ुत रुपमा राज्यलाई आफनो उपस्थिति बारे जानकार गराउने, भाषा, संस्कृति, पहिरन, खानेकुरा जन्य, धर्म, जीवन शैली बारे सवलाई जानकार गराउने एउटा ब्राण्ड शोे गर्ने स्थल बनेको छ । त्यस्तै काठमाडौका हरेक नदी पोखरीमा तराई मधेशको छठ पर्वमा मेला पुजा हुन थालेको छ । जसले भातृत्व, सामाजिक सौहाद्रता, आपसी प्रेम र स्नेहका अंकुर हरेक नागरीक बीच टुसाउन मद्धत गरेको छ मेरो नजरमा । हो, अवश्य पनि राज्य संयन्त्रले अलिकता के बुझन कंजुसी गरेको छ भने कुनै पनि देशको भाषा, संस्कृति, सम्पदा, पहिरण आदिले सो देशको पहिचान संसार सामु पस्कने मात्र होइन, देशको भुगोल, सार्वभौमिकता, मौलिकता र सुरक्षा समेत गरी रहेको हुन्छ । हाम्रा ५९ र पछिल्लो पटक थप सुचिकृत भएका आदिवासी जनजातिहरुको मौलिक परम्परा, धर्म संस्कृति सो संग गांसिएका हाम्रा सम्पदा आदिले हाम्रो खास टेरीटोरी ९आदि भुमी भनौं ० लाई संरक्षण गरी रहेको हुन्छ । बुद्धको पावन आदि भुमी हाम्रो देश र हाम्रा पुर्खाहरुले हामीलाई मिलाएर राख्न, समाजमा शान्ति र भातृत्व कायम राख्न बौद्ध, किरांत हिन्दु सवका भर्म र संस्कृतिलाई एक आपसमा गाँजी दिएको छ । तेरो र मेरो भनेर अन्य देशको संस्कृति, धर्ममा विखण्डन हुने कुनै खास कारण नै बाँकि राखेका छैनन् हाम्रा अजा अजिहरुले । हेर्नुस न पशुपति नाथको शिरमा बुद्धको मुकुट लगाई दिने परम्परा संस्कृति छ । महादेवलाई किराँतेश्वर भनि हामी पुज्छौं । नेवाले त लुक्माद्यो मानेर मासु लगायत तामसी भोजन चढाइ दिन्छ । तेरो र मेरो भन्ने कित्ता नै गायब बनाई दिए, के होइन त रु अवश्य पनि भाषा धर्म, संस्कृति, पहिरन, खाद्य परिकारजन्य खासखास कुराहरु देश जोडने बलियो सुपर ग्लुहरु हुन् । संसार भरी अहिले आदिवासी जनजाति लगायतले यी सुपर ग्लुहरुलाई प्रयोग गरेर नेपालको पहिचान, जोगाएको, विकास गरेको मात्र छैन परदेशी भुमीमा समेत देशलाई जोडने काम गरेको छ । थप नेपालीलाई संगठित गर्ने, धर्म संस्कृति र सभ्यताको पहिचान गराउने मात्र नभई सिंगो राष्ट्र, राष्ट्रियता र राष्ट्रबादलाई समेत र्हुकन र मौलाउन प्रेरित गरी रहेका छन् ।

तपाईंको विचारमा ऐतिहासिक र प्राचीन सभ्यताको रुपमा स्थापित किरात भूमिका मानव समुदायले परम्परागत रुपमा गरिने दाहसंस्कार परिपाटीले प्राकृतिक वातावरणमाके–कस्तो प्रभाव९असर० पारेको छ?

-हजुुर, अवश्य पनि हाम्रा प्रत्येक धर्म संस्कृतिले बातावरण सुरक्षणको वकालत गरी रहेको हुन्छ नै, नजानिदो पाराले । अहिलेको अवस्थामा म आफै पनि नेपालको प्राकृतिक वातावरणमा विद्यावारिधी गर्दै को अवस्था हो । यही अध्ययनकै क्रममा मैले ज्ञान हासील गर्दै छु कि मानव विकास र सभ्यताको विकासको क्रममा हाम्रा अग्रजहरु यति वैज्ञानिक रैछन कि धर्म र पापको आधारमा बातावरन व्यवस्थापन, शुरक्षण र त्यसको माध्ययमबाट संम्पुर्ण प्राणी र वनस्पति, जीव, जन्त लगायतको सुरक्षा र उनीहरुको मानव अधिकारको रक्षा गरी रहेको हुंदो रहेछ । म किराँत आदी भुमी तिर त पुगेको छैन तर पशुपतिको श्लेषमान्तक बन तिर किराँतिहरुको चिहान भुमीले बातावरण जोगाउने काम गरी रहेको छ भन्न सक्छु । तर पछिल्लो दिनमा मानिसहरुले खास चिहानको महत्व विर्सेको जस्तो लाग्यो । हाम्रा परम्परागत संस्कृति अनुसार चिहान गाड्ने तरिकामा गिरावट आएको मैले ति चिहानहरु घुम्दा थाहा पाएं । त्यो के भन,े पहिले हाम्रा पुर्खाहरुले चिहान गाडी सकेपछि त्यहां रुख विरुवा रोप्थे तर अचेल विदेशबाट समेत बाक्समा पठाईएका लासहरु जस्ताको तस्तै गाड्ने गर्ने गरेको श्लेशमान्तक बनमा देखें तर यो धेरै पहिलेका कुरा हुन् अहिले के छ म अपडेट छैन । मानिसले आफु संगै अन्य प्राणी पनि बाँच्न पाउनु पर्छ भन्ने विर्सेका कारण पनि हो चिहान मासेर पार्क बनाउने बाटो बनाउने जस्ता काम गर्ने याजना बुन्छन् । खास चिहानको जीवन दर्शन त केही खाली जग्गा जीव, जन्त,ु वनस्पितिजन्य अवयवलाई पनि खाली छोडी दिनु पर्छ भन्ने सिद्धान्त बाट गाइडेड हो ।

अन्तमा यहाँले भन्नै पर्ने केही विषय छुटेका छन् कि?
-हामी पत्रकारको खास धर्म नै आवाज विहिनका आवाज बन्ने हो । नेतामुखि पत्रकारिता मात्र होइन नागरीक मुखि पत्रकारिता पनि गरौं । जो जुन राजनैतिक आस्थाबाट गाईडेड भएपनि नागरीकका सवालमा तटस्थ भएर पत्रकारिता गरौं, एउटा सुन्दर, सभ्य, सुसंस्कृत र द्धन्द रहित समाज र राष्ट निर्माणका लागि । वास्तविक राष्ट्रबाद र राष्ट्रियता पनि त्यही नै हो । आदिवासी जनजाति पत्रकार साथीहरुले कम्तिमा आफनो सभ्यता बारे पनि लेख्ने गरौं । भलै हामी माथि जातिवाद वा संकिर्न भनेर लेवल लगाओस । समग्रमा तपाईको सभ्यता बारे अन्य सभ्यताले पनि सुसुचित हुने अवसर पाओस र नेपाल सवैको हो र नेपालका सवै सम्पदा हाम्रै हुन् भन्ने अनुभुति दिलाउन । किनकि हामी आदिवासी जनजातिहरु सिकर्मी हा,ैं कसैलाई लाग्छ हामी काठका मुढा खोप्र्दै छौ तर हाम्रो मानस पटलामा एउटा संमृद्ध राष्टका लागि समान विकास, न्यायमुलक र विधिको शासन युक्त सुन्दर नेपालको खाकालाई आकारमा बदल्न तल्लीन छौं । नपत्याय हेर्नुस त, हिजो वीर नेमवांगहरु, महाकवी सिद्धी दास महाजु ९अमात्य० हरुले भाषा जोगाउन आफनो ज्यान बाजी लगाएर राज्यका विरुद्ध विद्रोह लेखन कार्य गरी नै रहे । अहिले समावेसी लोकतन्त्र पश्चात नेपलका सवै भाषहरुले उन्मुक्ति पाएका छन् । अव कसैले आफनो मातृ भाषा बोले लेखे पढे वापत जेल नेल सहनु पर्दैन । मुख्यतः भाषा भित्र साहित्य हुन्छ, इतिहास, संस्कृति, धर्म हुन्छ । अझ खास त देशको पहिचान भुगोल र शुरक्षाको साँँचो हुन्छ । मलाई लागेको कुरा है ।

%d bloggers like this: