शनिबार, बैशाख ०५, २०८३

गोकर्णेश्वरमा निःशूल्क बृहत स्वास्थ्य शिविर र खुल्ला रक्तदान कार्यक्रम हुदै

काठमाडौं । बुबाको मुख हेर्ने दिनको अवसर पारेर गोकर्णेश्वरस्थीत हनुमान मन्दिर परिसरमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । नगरपालिकाको प्रायोजनमा सम्पन्न हुने कार्यक्रम आगामी भदौं ११ गते शनिबार हुने भएको हो ।

रक्तदान गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा हुनेछ । दाङ्बोला ग्युइठिम तामाङ संघ र काभ्रे गेट टाल सुधार समितिको संयुक्त आयोजनामा हुने कार्यक्रममा विभिन्न संघ संस्थाले सहयोग गरेका छन् । कतिपय अस्पतालमा विरामीलाई रगत पाउनबाट समस्या हुदै आएकाले त्यसैलाई लक्षित गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

यस्तै, सोही दिन नगरपालिकाको प्रायोजन र कान्छीमाया फाउण्डेसनको सहयोगमा बृहत नि ः शुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिएको छ । केही हप्ता यता कोभिड संक्रमण बढ्दै गईरहेकाले नगरवासीको स्वास्थ्यलाई मध्य नजर गर्दै स्वास्थ्य शिविर संचालन गरिएको आयोजकले जनाएको छ ।

यसैगरी, दाङ्बोला ग्युइठिम तामाङ संघ र काभ्रे गेट टाल सुधार समितिको आयोजनामा नि ः शुल्क खानेपनि वितरण पनि गर्ने तयारी गरेको छ । त्यसका लागि कलाकार तथा समाजसेवी सोम लामाले सहयोग गरेका छन् ।

रगत दान गर्ने कार्य जीवनकै महत्वपूर्ण दान भएको भन्दै दाङ्बोला ग्युइठिम तामाङ संघका अध्यक्ष निक्मार तामाङले पूण्य कार्यमा सहभागि भई दिन हुन सञ्चारकर्मी, विभिन्न पेशाकर्मी तथा सर्वसाधारणहरुमा अनुरोध गरेका छन् । कार्यक्रममा सक्रिय सहभागिताका साथै रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील समेत गरेको छ ।