शुक्रबार, बैशाख ०७, २०८१

उपसभामुखमा एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उपसभामुखको उम्मेदवारी दर्ता गराएकी छन् । उनले बिहीबार संसद् सचिवालय पुगेर उम्मेदवारी दिएकी हुन् ।

उनको प्रस्तावक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिएकी छन् ।