बिहिबार, बैशाख ०३, २०८३

जापानमा रेलको लिगमा फसेका बृद्ध जापानी दम्पत्तीको उद्धार गर्ने तीन नेपाली विद्यार्थी सम्मानित

जापान । ज्यान जोखिममा राखेर रेलको लिगमा फसेका बृद्ध जापानी दम्पत्तीको उद्धार गर्ने तीन नेपाली विद्यार्थी सम्मानित भएका छन ।
जापानको हिरोशिमा प्रिफेक्चरको खाईता सहरमा ३ जना नेपाली विद्यार्थीहरु प्रहरीद्वारा सम्मानीत भएका हुन ।

रेल्वे लिक अलपत्र बृद्ध दम्पतीलाई लिक पार गर्न सघाएको भन्दै हिरोसिमामा, उनिहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा हिरोशिमाको खाईता सहरमा रहेको एक भोकेश्नल स्कुलमा जापानी भाषा अध्ययनरत नेपाली विद्यार्थीहरु सचिन,सुमन र निरज रहेको स्थानीय संचार माध्यमहरुले खबर छापेका छन् ।

समाचारमा जनाए अनुसार उनिहरु जापानी भाषा अध्ययनका लागि यसै वर्षको मे महिनाको ९ तारिख मात्रै त्यहाँ भर्ना भएका थिए । उनिहरु त्यस स्कुलमा भर्ना भएको एक सातापछि ३ नै विद्यालयको होस्टेल नजिकैको पार्कमा हुँदा,समस्यामा परेको जस्तो एउटी महिलाको आवाज सुनेर हेर्न जाँदा एक ७० वर्ष उमेर समूहका वृद्ध जोडी पार्कको छेउमा रेलमार्गको ट्र्याकमा फसेका थिए।

ति वृद्ध दम्पतीले रुँदै मद्दत मागेपछि ति ३ नै जनाले तुरुन्तै,उनिहरुलाई रेलमार्गबाट बोकेर पार गराईदिएका थिए ।
उद्दारमा केहि मिनेट मात्रै ढिला भएको भएपनि उनिहरुको ज्यान जानसक्ने थियो ।