शुक्रबार, बैशाख ०७, २०८१

रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने

काठमाडौं । रञ्जु दर्शनाले आगामी संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी उम्मेदवारी दिने तयारी गरेकी छन् । उनले आफू अब हुने संघीय चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुने घोषणा गरेकी हुन्।

सामाजिक संजालमार्फत उनले भनेकी छन्,‘संघीय चुनावमा मेरो उम्मेदवारी दिनेबारे तपाईंहरूले थाहा पाइसक्नुभएको छ। आउने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुन प्रतिस्पर्धामा उत्रिने जानकारी दिन चाहन्छु ।’

अब स्वतन्त्र ढंगबाट चुनाव उठ्ने तयारीमा छिन् । २०७४ को स्थानीय तह निर्वाचनमा दर्शना काठमाडौंको मेयर उठेकी थिइन् । उनले त्यसबेला २३ हजार ४३९ मत ल्याएकी थिइन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित भएका थिए ।