जापान । कोरोना भाइरसको महामारीका कारण दुई वर्षदेखि बन्द रहेको विदेशी पयर्टकहरुलाई नेपालले प्रबेश खुला गर्ने भएके छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले बिहिबार सीमा निति खुकुलो बनाउने बताएका हुन् । उनका अनुसार जुन १० गतेदेखि विदेशी पयर्टकहरुले जापान आउने आगन्तुकहरुलाई स्वीकार गर्न थालिने छ ।
महामारीका कारण सीमामा गरिएको नियन्त्रण क्रमिक रुपमा जापानले खुकुलो बनाउँदै गएको समयमा किशिदाको उक्त घोषणा आएको हो । किशिदाले टोकियोमा आयोजित एक अन्तरराष्ट्रिय कार्यक्रममा पछिल्लो घोषणा गरेका हुन् । उनको यो घोषणा आगामी बुधबार देखि जापानले विदेशबाट आउने आगन्तुकको दैनिक संख्यामा लगाइएको सीमा दोब्बर बनाएर २० हजारमा पुर्याउन लागेकै समयमा भएको हो ।
पयर्टकहरुलाई प्रवेशको अनुमाति दिनु अघि बुधबार अमेरिकाबाट परीक्षण भ्रमणमा सहभागी हुन ७ अमेरिकी नागरिक आएका थिए । जापानले कोरोनाको सम्भावित प्रसार कम गर्न शुरुमा सानो संख्यामा आउने पयर्टकहरुका लागि मात्रै प्रवेशको अनुमति दिने भएको छ ।

