शुक्रबार, बैशाख १४, २०८१

उपमहानगरमा माओवादीले खाता खोल्यो, जितपुर सिमराको मेयरमा पौडेल विजयी

जितपुर । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन् । पौडेल १८७४३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरस्वतीदेवी चौधरीले १७७७९ मत प्राप्त गरेकी छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जयकुमार साहले ५३८२ मत प्राप्त गरेका छन् भने राप्रपाका माधवप्रसाद त्रिपाठीले १३०२ मत प्राप्त गरेका छन् ।