शुक्रबार, बैशाख ०७, २०८१

एमाले जनताको हितमा काम गर्नकै लागि मत माग्न आइरहेको छ : माधव ढुङ्गेल

रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज माधव ढुङ्गेलले एमाले सधैँ जनताको हित, विकास र समृद्धि सोच्ने पार्टी भएको बताउनु भएको छ ।

नेकपा एमाले खाँडादेवी गाउँ कमिटीले मंगलबार भिरपानीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता ढुङ्गेलले नेकपा एमाले सधैँ जनताको हित, विकास र समृद्धि सोच्ने पार्टी भएको बताउनुभएको हो । ‘नेकपा एमाले जनताको हितमा काम गर्नकै लागि जनताको बिचमा मत माग्न आइरहेको छ’, ढुङ्गेलले भन्नुभयो ।

एमाले समृद्धिको यात्रामा अघि बढेको ढुङ्गेलले बताउनुभयो । ‘अबको यात्रा समृद्धिको हो, समृद्धिको यात्रा रोक्ने प्रयास भएको छ, रोकिएको समृद्धिको यात्रा अघि बढाउने दिन वैशाख ३० हो, वैशाख ३० मा सूर्यमा मतदान गरौँ, समृद्धिको यात्रा अघि बढाऔँ’, ढुङ्गेलले भन्नुभयो ।
रामेछापको खाँडादेवी गाउँपालिकामा सूर्य ध्वाजाबहाक उम्मेद्धारहरुलाई भोट माग्दै नेता ढुङ्गेलले एमाले सरकार हुँदा ल्याएको खाँडादेवीको विकास देखेर पिवक्ष साथीहरु अतालिएके बताउनु भयो ।