काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु पुनः छलफलमा जुटेको छ । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी भएका छन् ।
यसअघि दिउँसो संसद भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो । त्यसपछि एमाले नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका थिए । लगत्तै एमाले नेताहरुबीच बालुवाटार हिँडेका छन् ।
दुई अध्यक्ष साँझ पुन: बैठकमा बस्ने सहमति गरी छुटिएका थिए । सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए । ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताएका थिए ।

