काठमाडौं । शेर बहादुर देउवा नेतृत्व सरकारका सत्तारुढ गठबन्धन तीन दलले समान धारणा बनाएका छन ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच समान धारणा बनाएर गठबन्धन बैठकका लागि नेताहरु बालुवाटार हिडेका छन् ।
प्रचण्ड निवास खुमलटारमा तीन दलका शीर्ष नेताहरुबीच बैठक बसेर प्रधानमन्त्री निवास बालुवाटार हिडेका हुन् ।
एमसीसीबारे समान धारणा बनाउँदै प्रधानमन्त्री निवास हिडेको एक नेताले बताए । ‘हामीबीचमा समान धारणा बनाएर गठबन्धनको बैठकमा बालुवाटारतिर हिडियो’ ती नेताले भने ।
एमसीसी टेवल गर्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले जवर्जस्ती गरे आफूहरु सरकारमा नरहने निश्चित भएको बताए ।
गठबन्धन बैठकअघि सत्ता गठबन्धनका तीन दल माओवादी, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुबीच प्रचण्ड निवास खुमलटारमा बैठक बसेको थियो ।
बैठकमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका माधवकुमार नेपाल र झलनाथ खनालका साथै जसपाका उपेन्द्र यादव र अशोक राईको उपस्थिति थियो ।
प्रधानमन्त्री देउवा भने आजको संसद बैठकमा एमसीसी टेवल गर्ने पक्षमा छन् ।

