बिहिबार, बैशाख ०३, २०८३

एमालेले चोलेन्द्र शमशेर राणालाई बोकेर हिँड्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई एमालेले बोकेर हिँड्न नचाहेको बताएका हुन् ।

बैठकमा सांसदहरुले चोलेन्द्र शमशेर राणामाथिको महाभियोग र एमसीसीबारे पार्टीको धारणा स्पट हुनुपर्ने माग राखेका थिए । सांसदहरुको जिज्ञासापछि जवाफ दिँदै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणविरुद्धको महाभियोगमा गम्भिर षड्यन्त्र लुकेको भन्दै आवश्यक परे सडक, अदालत र संसदबाट समेत प्रतिवाद गर्ने धारणा राखेका थिए ।
बैठकपछि एमाले मुख्य सचेतक विशाल भट्टराईले महाभियोगपछिको अवस्थामा उपयुक्त निर्णय गर्न उच्चस्तरीय नेतृत्वलाई जिम्मेवारी दिएको जानकारी दिए ।