बिहिबार, बैशाख ०३, २०८३

स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न गठबन्धन तयार

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ । शनिबार बसेको सत्तारुढ दलको बैठकले यस्तो सुझाव दिएको बैठकपछि काँग्रेस नेता तथा सञ्चारतथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने छ । ‘स्थानीय तहको निर्वाचन जेठ महिनिाभित्र गर्न सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ’, कार्कीले भने, ‘संविधानसँग बाझिएका ऐन पनि संशोधन गर्न गठबन्धनले सुझाव दिएको छ ।