काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले गर्ने हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्ने बताएका छन् । बिहीबार ट्विटमार्फत महामन्त्री थापाले स्थानीय तहलाई रिक्त राखेर संघीय निर्वाचन हुन नसक्ने बताएका हुन् ।
सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचनभन्दा पहिले नै संघीय निर्वाचन गर्ने विषय प्रवेश भएपछि थापाले निर्वाचनबारे निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुने बताए । उनले भनेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन । अतः निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।
असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकार भन्दै महामन्त्री थापाले सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्ने बताए
काँग्रेस प्रष्ट छ, असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ,’ थापाले भने । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा भने स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने पक्षमा छन् ।

