बिहिबार, बैशाख ०३, २०८३

केपी ओली एमाले अध्यक्षमा भारी मतान्तरले विजयी

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । भीम रावललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले १८०८ मत पाएका छन् भने प्रत्यासी भीम रावलले २२३ मत पाएका छन् । निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

२०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै थिए ।