शनिबार, बैशाख ०५, २०८३

आफूलाई सिध्याउने उद्देश्यले एमालेले चितवनमा महाधिवेशन राखेको प्रचण्डको टिप्पणी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् ।
रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे । ‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ ।
अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछन्’ एमालेलाई लक्षित गर्दै प्रचण्डले भने, ‘मैले त भन्ने गरेको छु, प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।

प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दावी गरे ।