बिहिबार, बैशाख ०६, २०८१

राष्ट्रियसभाको निर्वाचन माघ १२ मा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १२ मा गर्ने गरी राष्ट्रियसभा निर्वाचनको मिति तोकेको हो ।

निर्वाचन आयोगले माघ १५ गतेभित्र राष्ट्रियसभाको निर्वाचन गर्न सरकारलाई आग्रह गरेको थियो । आगामी फागुन २० मा राष्ट्रियसभाका २० सदस्यको कार्यकाल सकिँदै छ ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था भएकाले सरकारले निर्वाचनको मिति तोकेको हो ।