जापान । टोकियो र ओसाका क्षेत्र वरपरका छ प्रान्तहरु कोरोना संक्रमितको संख्यामा लगातार गिरावट आएकोले अर्को हप्तादेखि रेष्टुरेण्ट तथा भोजनालयमा कोभिड १९ कोरोना संक्रमणको रोकथामका लागि लगाईदै आएको स्वास्थ्य सतर्कता प्रतिबन्ध हटाइने भएको छ ।
कानागावा, चिबा,साइतामा, पश्चिमी जापानका ओसाका, क्योटो र ह्योगो छ प्रान्तहरुले अहिले रेष्टुरेन्टहरुलाई रक्सीको बिक्री वितरणमा क़ुनै प्रकारको समयसीमा राख्न र व्यापारिक समय घटाउन गरेको अनुरोधलाई २५ तारिख सोमबारबाट पूर्ण रुपमा हटाउने निर्णय गरेका छन् ।
चिबा र साइतामा प्रान्तहरुमा रेस्टुरेन्टहरुको उपयोग गर्ने मानिसहरुको संख्याको सम्बन्ध कुनै सिमा नराखिने तर कानागावा प्रान्त अर्को महिनाको अन्त्य सम्ममा एक समूहमा ४ जना वा कम राख्ने प्रावधानलाई जारी राखिने छ ।
त्यस्तै टोकियो महानगरपालिकाले बिहीबारको बैठकबाट ९ बजेको समयसिमाको प्रतिबन्ध हटाउने नहटाउने बारेमा विशेषज्ञहरुको राय सुनेपछि निर्णय लिने अपेक्षा गरिएको छ ।
अर्कोतर्फ, टोकियो महानगरीय सरकारले २५ तारिखबाट नै अल्कोहल रक्सीजन्य पेय पदार्थ प्रदान गर्ने रेष्टुरेन्टहरुबाट समय सीमालाई पूर्ण रुपमा हटाउने र प्रमाणीकरण प्राप्त नगरेका पसलहरुले समेत रक्सीजन्य अल्कोहल पेय पदार्थ प्रदान गर्न सक्नेछन ।
टोकियोसहित चिवा साइतामा कानागावा प्रान्त सहितका अन्य प्रतिबन्धहरु हटाइएपछि १ लाख २ हजार जति रेष्टुरेण्ट तथा भोजनालयलाई कोरोना भाइरस नियंत्रणका उपायहरु प्रमाणित गर्न तथा राती ८ बजे मदिराजन्य पदार्थ सेवा बन्द गर्न र ९ बजे पसल बन्द गर्नको लागि बाध्य नबनाउने जनाएको छ ।

