शनिबार, बैशाख ०८, २०८१

आदिवासी जनजाति महासंघको रोबरमा अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन गरिएको छ । असोज ३० गते आयोजित जुम मिटिङ भेलाबाट मान राना मगर (अमेरिका) को संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सहसंयोजकमा शिव भुजेल (कतार), सदस्य सचिवमा पासाङ शेर्पा (यूएई) र आर्थिक संयोजकमा विमला सेने लिम्बु (बेलायत) चयन हुनुभएको छ । नवगठित समिति महासंघको सचिवालय अन्तर्गत रहने छ ।
नेपाल आदिवासी जनजाति महासंघको सांगठनिक जीवनमा एउटा ईंटा थपिनका लागि यस प्रक्रियामा योगदान पुर्याउनुहुने संघीय सचिवालयका पदाधिकारी, महासंघका सल्लाहकार, पूर्वप्रमुख तथा पदाधिकारी, आदिवासी जनजातीय संगठनहरू, सम्बन्धन संगठनहरू, विदेशस्थित महासंघका वर्तमान र पूर्वपदाधिकारीहरू, नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति निर्माणका लागि गठित कार्यदलका सदस्यहरूलगायत सम्पूर्णमा महासंघका विदेश विभाग प्रमुख गोविन्द छन्त्यालले आभारसहित धन्यवाद ज्ञापन गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति यस्तो छ ।
घोषणा : २०७८ असोज ३० (16 October 2021)
१. संयोजकः श्री मान राना मगर
२. सहसंयोजकः श्री शिव भूजेल
३. सदस्यसचिवः श्री पासाङ शेर्पा
४. आर्थिक संयोजकः श्री विमला सेने लिम्बू
संस्थापक सदस्यहरू
५. श्री लोक चेम्जोङ, अध्यक्ष, अमेरिका
६. श्री अरूणकुमार तामाङ, अध्यक्ष, अष्ट्रेलिया
७. श्री मिङ्मार शेर्पा, अध्यक्ष, इजरायल
८. श्री पुरूसोतम सुनुवार, अध्यक्ष, कतार
९. श्री अमृत तामाङ, अध्यक्ष, कुवेत
१०. श्री वीरकाजी गुरूङ, अध्यक्ष, क्यानडा
११. श्री सञ्जीव राई, अध्यक्ष, जापान
१२. श्री युगेल तेन्डुप शेर्पा, अध्यक्ष, दक्षिण कोरिया
१३. श्री हेमबहादुर गुरूङ, अध्यक्ष, पोर्तुगल
१४. श्री झहरमान थेबे, अध्यक्ष, बहराइन
१५. श्री बाबुराजा लामा, अध्यक्ष बेल्जियम
१६. श्री भिमकुमार राई, अध्यक्ष, मकाउ
१७. श्री विपिन राई, अध्यक्ष, मलेसिया
१८. श्री विजयलक्ष्मी राई, अध्यक्ष, युएइ (दुबई)
१९. श्री कमानसिंह कर्मा पहाडी शेर्पा, अध्यक्ष युके (बेलायत)
२०. श्री खेम गुरूङ, अध्यक्ष, साउदी अरब
२१. श्री किसन राई, अध्यक्ष, हङकङ