नेपाल मगर संघ जापानको २०औं महाधिवेशन अक्टुबर १० मा हुने

टोकियो । नेपाल मगर संघ जापानको २०औं महाधिवेशन अक्टुबर १० मा हुने भएको छ । नेपाल मगर संघ जापान केन्द्रिय समितिको २०औं महाधिवेशन २०२१ अक्टुबर १० तारिख आईतबारको दिन हुने भएको हो ।

२०१८ मा भएको ऐतिहासिक एकता सहितको १९औं महाधिवेशनले नविन थापा मगरको अध्यक्षतामा कार्यमिति गठन भएको थियो । जसनुसार २०२० मा महाधिवेशन गरेर नयाँ कार्यसमिति गठन गरीनु पर्नेमा कोभिड १९ को कारण पटक पटक सर्दै आउँदा करीब एक बर्ष ढिलो हुन पुगेको संघले जनाएको छ ।

टोक्यो स्थित रोयलगार्डेन रेष्टुरेण्टमा आयोजना हुने उक्त महाधिवेशनमा सबै क्षेत्रिय समितिहरुबाट अतिथि तथा प्रतिनिधिहरु आउँने छन् ।
महाधिवेशन सफल बनाउन निर्वाचन मण्डल संयोजक संघका सल्लाहकार थानु राना मगर रहेका छन् भने विधान संशोधन समितिका संयोजक अर्का सल्लाहकार लक्ष्मण घर्ति मगर रहेका छन् । विधान संशोधन समितिमा कौडा बुढा मगर, थानु राना मगर र संयोजक लक्षमण घर्ति मगर गरी ३ जनाको समिति रहेको छ ।

आसन्न महाधिवेशनबाट अध्यक्षमा आउँन चाहानेहरु ओम काउछा मगर र रित राना मगर दुईजना रहे पनि सहमतिको लागि छलफल जारी छ ।
ओम वर्तमान प्रवक्ता हुन भने रित निवर्तमान कान्तो क्षेत्रिय समितिका संयोजक हुन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: